इटहरीः गए राती हात्तीको आक्रमण परि इटहरी २ बुढासुब्बा टोलमा एक युवकको मृत्यु भएको छ । 

नजिकैको जंगल हुँदै दैनिक जसो २५ वटा भन्दा बढीको समूह गाँउ पस्न थालेपछि खेदाउन घर बाहिर निस्केका इटहरी २ का रविन खड्कालाई आक्रमण गर्दा उनको घटना स्थलमै मृत्यु भएको स्थानीय मनोज अधिकारीले बताएका छन् । दैनिक जसो हात्ती आउन थालेपछि इटहरी ३ र २ का जंगल आसपास बस्नेहरु आतंकित भएका छन् । 

376395678_1353369291946755_1751635775586535906_n

हात्तीलाई खेदाउन दैनिक रात स्थानीहरु भेला भएर रातभर जाग्राम बस्ने गरेका छन् । दैनिक जसो हुलका हुल हात्ती आउन थालेपछि धेरै जसो स्थानीयहरु घर जग्गा बेचेरै अन्यत्र जाने योजनामा पनि रहेका छन् । 

370065120_186865461162492_1070734987125832057_n