फिक्क्लः  बिद्यालय स्तरबाटै पर्यटन प्रवर्धन गर्नका लागि इलामका बिद्यालयमा नेस्नल सस्टेनेवल दुरिजम क्लब गठन गरीएको छ । पर्यटन बोर्ड र युएनडीपिको सहयोगमा टुरिजम रिसर्च एण्ड ट्रेनिङ इन्टिच्युटले इलामका ४ वटा बिद्यालयमा नेस्नल सस्टेनेवल दुरिजम क्लब गठन गरेको हो ।

सानै देखि बालबालिकामा पर्यटनको स्वागत , सत्कार देखि पर्यटन मैत्री संस्कार बिकास गर्ने उद्देश्यले इलाम नगरपालिकाको आर्दश माध्यमिक बिद्यालय माउण्ट मेची इग्लिस स्कुल तथा सूर्योदय नगरपालिकाको बीरेन्द्र माबि र कृणाश्रम माबिमा नेस्नल सस्टेनेवल दुरिजम क्लब गठन गरेको टुरिजम रिसर्च एण्ड ट्रेनिङ इन्टिच्युटका बिद्यालय कार्यक्रम संयोजक लक्ष्मी प्रसाद बुढाथोकीले जानकारी दिए । ११ सदस्यीय समितिमा ९ जना बिद्यार्थी, संरक्षकमा बिद्यालयका प्रधानाध्यापक र उप संरक्षकमा बिद्यालयका नेपाली बिषय शिक्षक रहने ब्यवस्था छ ।

उनले पहिलो चरणमा नमुनाका रुपमा थोरै बिद्यालयमा क्लब गठन गरीएको जानकारी दिदै भविश्यमा सबै बिद्यालयमा क्लब गठन गरीने बताए । संयोजक बुढाथोकीका अनुसार देश भरका कल्बको र पर्यटकीय अवस्थाको तत्थ्याङ्क संकलन गरी पर्यटन दिसवका अवसारमा पर्यटन बोर्डलाई बुझाईने छ ।

Turism1-300x225

इन्टिच्युटले कोशी प्रदेशका १५ वटा बिद्यालयमा पहिलो चरणमा क्लब गठन गर्ने जनाएको छ । बिद्यालय स्तरमा क्लब गठन सके पछि जिल्ला हुँदै प्रदेश र संघीय स्तरका बिद्यार्थीका पर्यटन क्लब निर्माण गरिने छ । यसरी गठन भएका क्लबले स्थानीय स्तरमा पर्यटन प्रवर्धन र संस्कृति संरक्षणका काम गर्ने इन्टिच्युटले जनाएको छ । संयोजक बुढाथोकीले भन्नु भयो‘पर्यटकीय गन्तब्य मात्र भएर भएन, पर्यटकीय संस्कार र सरक्षण पनि हुँन जरुरी छ ।’

इन्टिच्युटले इलामका यी बिद्यालयमा कोशी प्रदेशको पर्यटन र संभावना बिषयमा बत्तित्वकला प्रतियोगिता सहित बिभिन्न जातजातीका सांस्कृतिक नाचको समेत आयोजना गरेको छ । बिद्यालयहरुले साकेला शिली , चण्डी नाच आदि प्रस्तुत गरेका थिए ।