इटहरीः जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका इटहरी वडा नं  २ का रविन खड्काको परिवारलाई उपमहानगरपालिकाले एक लाख रुपैयाँ क्षतीपूर्ति दिने भएको छ । बुधबार राति हात्तीको आक्रमणबाट मृत्यु भएका २५ वर्षे खड्काको परिवारलाई इटहरी उपमहानगरपालिकाले क्षतीपूर्ति दिने भएको हो । 

इटहरीका मेयर हेमकर्ण पौडेलले विहीबार बिहान मृतक खड्काको घर पुगेर क्षतीपूर्ति दिने घोषणा गरेका हुन् ।

इटहरी वडा नं २ मा जङ्गली हात्ती मानव वस्तीमा प्रवेश गरि विध्वंस मच्चाएको तीन महिना विति सकेको छ । मेयर पौडेलले तत्काल सुरक्षा निकाय र वन रक्षकसहितको टोली बनाएर विहीबार राति देखि नै रात्री गस्ती गरिने जानकारी दिए । सर्वसाधारणको जीउँधनको रक्षा रात्रीकालिन गस्ती गर्न लागिएको हो ।

386885072_1098881711273550_5914099148640592760_n

हात्तीको समूहले मंगलबार बिहान इटहरी वडा नं २ कै नैनाकुमारी राईको घर भत्काएर क्षती पु¥याएको थियो । दुई महिनाअघि पनि इटहरी वडा नं २ कै लक्ष्मी राईको घर हात्तीले भत्काएको थियो ।

भारतको पश्चिम वंगाल हुँदै झापाबाट चारकोसे जङगल हुँदै चारकोसे जंगलमा आएर बसेका हात्तीले यसरी आतंक मच्चाउने गरेका हुन् । इटहरीमा चारवटा छावासहित २८ वटासम्म हात्तीले आंतक मच्चाउने गरेका छन् ।

नेपालमा कुल दुई सयदेखि ३३० वटासम्म जङ्गली हात्ती रहेका छन् । यीमध्ये चारकोसे जङ्गल क्षेत्र आसपास हिडडुल गर्ने हात्तीको सङ्ख्या सयदेखि १५० सम्म रहेको हात्ती विज्ञ अशोक रामले बताए ।

370217028_1095700601864123_2547966478840628912_n