फिक्कलः इलामको सूर्योदय नगरपालिकाको कन्यामम बिज्ञान र गणित प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न भएको छ । नगरको १२ महिना १२ कार्यक्रम अन्तरगत नगर क्षेत्रका २१ वटा सामुदायिक तथा संस्थागत बिद्यालय सहभागी प्रतियोगिता तथा प्रदर्शनी कन्यामको कृष्णाश्रम माध्यमिक बिद्यालयमा सम्पन्न भएको हो ।

उक्त प्रदशर्नी तथा प्रतियोगितमा विज्ञान तर्फ माध्यमिक तहमा फिक्कल मा।वि प्रथम,पन्चकन्या ईङ्लिस स्कुल दोस्रो र बौद्धधाम मा।वि तेस्रो भएका छन । गणित तर्फ फिक्कल मा।वि प्रथम,कृष्णाश्रम मा।वि दोस्रो र इभरल्याण्ड अग्रजी स्कुल तेस्रो भएका छन् ।

त्यस्तै आधारभुतको गणित तर्फ करफोक मा।वि प्रथम,समालबुङ मा।वि दोस्रो र ज्योती मा।वि तेस्रो भएका छन् । विज्ञानतर्फ हेरोअल एकेडेमी प्रथम,शान्त आ।वि दोस्रो र जनक मा।वि तेस्रो भएका छन। खोज तथा नवप्रवर्धनात्मक विधामा नर्मदा कल्याण स्कुल छनोट भएको छ ।

सूर्योदय नगरपालिका शिक्षा युवा तथा खेलकुुद शाखा प्रमुख योगनिधि भट्टराईले प्रतियोगितामा गणित र बिज्ञान माध्यमिक तर्फ प्रथम दोस्रो र तेस्रो हुँनेले क्रमश २०, १५ र १० हजार , निम्न माध्यमिक तर्फ पनि प्रथम ,दोस्रो र तेस्रो हुँनेले क्रमश २०, १५ र १० हजार पाएको जानकारी दिनु भयो । अतिरिक्त बिधा तर्फ नर्वदाले नगद १० हजार पाएको छ ।

२ दिनसम्म चलेको प्रदशर्नीमा १५०० भन्दा बढी विद्यार्थीहरुले अवलोकन प्रदर्शनीको अवलोकन गरेको नगरले जनाएको छ ।

प्रतियोगितामा बिद्यार्थी बिज्ञान र गणितका ब्यहारिक जिवनमा आईपर्ने बिभिन्न बिषयलाई चित्रण गर्न खोखेका थिए । बिद्यार्थीले भोल्क्यानो, नमुना सहर, ब्यवस्थित पार्किङ, टनेल खेती प्रविधि सहित परम्परागत सामग्री निर्माण गरी प्रतियोगिताका लागि प्रदर्शनमा राखेका थिए ।

सूर्योदय नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा भएको प्रतियोगिता तथा प्रदर्शनीको समापन गर्दै सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईले प्रतियोगिताले बिद्यार्थीलाई प्रतिष्पर्धी र ब्यवहारीक बन्न सहयोग पुग्ने बताए। नगर प्रमुख राईले भने ‘बिगतका बर्ष भन्दा परिमार्जित प्रोजेक्टहरु आएका छन् जसले बिद्यार्थीलाई भविश्यमा कता जाने भन्ने बाटो निर्धारण गर्दछ ।’

नगरका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले बिज्ञान तथा गणित प्रदर्शनी कार्यक्रम नमुना कार्यक्रम भएको बताउदै बिद्यार्थीलाई जिवन उपयोगी शिक्षामा प्रेरित गरेको बताए।

नगरपालिकाले १२ महिना १२ कार्यक्रम सहित शिक्षा सुधारका बिभिन्न कार्यक्रम गर्दै आएको छ । नगरका सामुदायिक बिद्यालयलाई प्रविधिमैत्री बनाउदै नगरले बालबचत खाता संचालन, बिद्यार्थी अविभावक परिचय पत्र बितर र मिनी म्याथ ल्याव समेत शुरु गरीसकेको छ ।