इटहरीः फरक सोच राखी आफ्नो क्षेत्रका लागि केही न केही गर्छु भन्ने अठोट बोकेका युवा कुनै पनि निकायको नेतृत्वमा आयो भने छोटो अवधिमै परिर्वतनका संकेतहरु दिन थाल्छन भन्ने गतिलो उदाहरण बनेका छन्, उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष,जीवन पराजुली । 

होटल व्यवसायी संघ इटहरीको दुई दुई कार्यकाल अनेकौ चुनौतिका बाबजुदपनि सफलतापूर्व हाकेका पराजुली उद्योग वाणिज्य संघ इटहरीको इतिहासमै स्वतन्त्र रुपमा उम्मेदवारी दिएर शानदार मतअन्तरले विजयी भएका अध्यक्ष हुन । ३ बर्षको अन्तरालमा हुने  उद्योग वाणिज्य संघको यसअघिका निर्वाचनमा मुख्य राजनितिकदलबाटै टिकट पाएका व्यवसायीहरुका नेताहरुले निर्वाचन जित्दै आएका थिए । 

404985000_368398855608156_2707923866082747259_n

उद्योग वाणिज्य संघको अध्यक्षको जिम्मेवारीमा आउनु अघि पर्यटन व्यवसायीका रुपमा परिचित पराजुली दर्जनौ संघ संस्थामा नेतृत्वदायी भूमिकामा रहेर उत्कृष्ट कार्यसम्पादन गरेर धेरैको मन जित्न सफल भईसकेका थिए । पराजुली उद्योग वाणिज्य संघ  इटहरीको अध्यक्षमा निर्वाचन हुनुअघिबाटै इटहरीको वाणिज्य संघलाई कसरी देशकै नमूना महासंघ बनाउन सकिन्छ ? कसरी सबै उद्योगी व्यवसायीहरुको पिरमर्कालाई सम्बोधन गर्न सकिन्छ ? कसरी इटहरीको व्यपार व्यवसायमा उछाल ल्याउन सकिन्छ ? कसरी स्थानीय, प्रदेश र संघीय सरकारसँग सम्वन्य गरि कार्यक्रमहरु गर्न सकिन्छ भन्ने चिन्ता गर्ने गर्दथे ।

अझ इटहरीलाई केन्द्र बनाएर पर्यटन मार्फत इटहरीकै समृद्धीका लागि के के गर्न सकिन्छ भन्ने छिमेकी देश भारतका बिभिन्न क्षेत्रका पर्यटन व्यवसायीहरुसम्म पटक पटक छलफल गरेका अध्यक्ष पराजुलीको परिर्वतनकारी सोचका पाइलाहरु ननस्टप अगाडि बढीरहेका छन् ।  

398248206_363040426284191_8881190805940017881_n

इटहरी उद्योग वाणिज्य संघको भवन निर्माणको काम  अघिल्ला कार्यकालको नेतृत्व गर्नेहरुले गरेतापनि त्यसको सहि व्यवस्थापन नगर्दा सानो तिनो कार्यक्रम गर्नका लागि पनि उद्योगी, व्यवसायी र इटहरीका संघ संस्थाहरुलाई पार्टी प्यालेस नै जानु पर्ने बाध्यता थियो । इटहरी उद्योग वाणिज्यको सचिवालय पनि सामान्य भन्दा पनि सामान्य तरिकाले संचालन भईरहेको थियो । 

निर्वाचित भएको १० महिनाभित्रमै दर्जनौ कार्यहरु गरिसकेका पराजुलीकै अग्रसरतामा यतिबेला इटहरी उद्योग वाणिज्य संघको भवन भित्र सुविधासम्पन्न तालिम हल र सचिवालय निर्माणको कार्य धमाधम थालिएको छ ।

वाणिज्य संघको खातामा रकम त छैन तर उद्योगी व्यवसायीहरुसँग पछि तिर्ने शर्तमा काम थालिएको अध्यक्ष पराजुलीले बताए । इटहरी उपमहानगरपालिका भित्रको वाणिज्य संघको भवन चाँही छ, तर भित्र एउटा तालिम, गोष्ठ र बैंठकनै गर्नु पर्यो भने लथालिंग हल मात्र छ । कर्मचारीहरु बस्ने सचिवालय बस पार्कमा टिकट काट्ने काउन्टर जत्तिको पनि छैन , त्यही भएर बाँकी सामान मागेर भएपनि काम थालेको पराजुलीको भनाई छ । 

398267992_232351316413275_554508266075595676_n

निर्माण भईरहेको तालिम हलमा एसी, साउण्ड सिष्टम र प्रोजेक्टर सहितको स्तरीय सुविधासम्पन्न हुने छ । जसमा  १५० जना अट्ने उनले बताए । आफुले निर्वाचन ताका अघि सारेको एजेण्डा भित्रकै काम थालेको उनले बताए ।  सुविधासम्पन्न तालिम हल र सचिवालय १ करोडको लागतमा निर्माण सम्पन्न गरिने उनको भनाई छ । 

हाल थालिरहेको कामअघि पराजुलीकै अग्रसरतामा दिपावलीअघिबाट संगीतचौकलाई झिलीमिली पार्ने कार्यले संसारभरी नै इटहरीको पहिचान गराउन सफल भयो । पराजुली लगायतका संगीत चौंक बजार व्यवस्थापन समिति, नागरिक समाज, संगीतकर्मीहरु लगायतको सहभागीतामा संगीतचौंक र आसपासका क्षेत्रमा बत्ति र ध्वजापाताले सजाएपछि आन्तरिक तथा बाह्य पर्यटकहरुको ठूलै भीड लागेको थियो । जस कारण इटहरीको पर्यटन प्रर्बधन मात्र भएन, यहाँको व्यपारमा समेत ठूलो प्रभाव पार्यो ।

405283217_1808061272961301_6339011605446317469_n

पराजुलीले नेतृत्व गरेदेखि गत भदौसम्ममा उद्योग वाणिज्य संघ इटहरीले गरेका मुख्यमुख्य कार्यहरुः 

१. २०७९ साल फागुन २३ गते होली मिलान कार्यक्रम सम्पन्न गरिएको ।

२.२०७९ साल चैत्र १ गते स्थानिय सरकारसंगको दोहोरो कर र भ्याट सम्वन्धी जानकारी मुलक कार्यक्रम ब्यवसायी तथा बस्तु गत संघका अध्यक्षको उपस्थितिमा  सम्पन्न गरिएको ।

३.२०७९ साल चैत्र १२ गते ख्ऋत्क् सम्वन्धी तालिम कार्यक्रम सम्पन्न गरिएको ।

४. २०७९ चैत्र १३ गते ब्यवसायीलाइ मिसम्याच सम्वन्धी कार्यमा सहयोग पु–याउनका लागि आन्तरीक राजश्व कार्यालय इटहरीमा उद्योग वाणिज्य संघ इटहरीको हेल्पडेक्स राखी सोवा प्रदानको सुरुवात गरिएको ।

५. २०७९ साल चैत्र २८ गते बैंक तथा वित्तिय संस्थाहरुको चर्को ब्याजदर सम्वन्धमा ब्यवसायी तथा बस्तुगत संघहरुको उपस्थितिमा छलफल कार्यक्रम सम्पन्न गरिएको ।

६.  २०८० साल बैशाख १२ गते मंगलबारका दिन उद्योग वाणिज्य संघ इटहरीको आयोजनामा इटहरी क्षेत्रका राजनितिक दल,उद्योगी ब्यवसायी  र बैंकका प्रतिनिधिहरु विच अन्तरक्रिया कार्यक्रम संचालन गरी बैंक ब्याजदर घटाउन आवश्यक पहल गरिएको ।

७. २०८० साल बैशाख १४ गते यस उद्योग वाणिज्य संघ इटहरी र चितवन उद्योग वाणिज्य संघबाट आउनु भएका पदाधिकारी एवं कार्यसमिति विच आपसी ब्यवसायीक हितका विषयमा छलफल कार्यक्रम सम्पन्न गरिएको ।

८. २०८० साल जेठ २ गते नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्याम केन्द्रका प्रतिनिधिहरु र उद्योग वाणिज्य संघ इटहरी विच संस्थागत क्षमता अभिबृद्धि सम्वन्धी कार्यक्रम सम्पन्न गरिएको  ।

९. २०८० साल जेष्ठ ३ गते उस उद्योग वाणिज्य संघ इटहरी सुनसरीको आयोजना एवं इटहरीको संघ संस्थाहरुको सहभागितामा संगित चोक इटहरीमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरिएको । 

१०. २०८० साल जेष्ठ ९ गते मंगलबारका दिन उद्योग वाणिज्य संघ इटहरी र औद्योगिक क्षेत्र ब्यवस्थापन बाट आउनु भएका प्रतिनिधिहरु बिच औद्योगिक क्षेत्र स्थापनाका विषयमा छलफल कार्यक्रम सम्पन्न गरिएको ।

११ . २०८० साल जेष्ठ १४ गते वर्दिबास उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य संघ इटहरी विच ब्यवसायीक हितका विषयमा छलफल कार्यक्रम सम्पन्न गरीएको ।

१२. २०८० साल जेष्ठ २४ गते महोत्सव संचालनका विषयमा नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरु विच छलफल कार्यक्रम सम्पन्न गरिएको ।

१३. २०८० साल जेष्ठ १९ गते सोमबारका दिन इटहरी उप–महानगरपालिकाले निर्धारण गरेको ब्यवसायीक कर,बहालकर र सम्पती करका विषयमा छलफल कार्यक्रम सम्पन्न गरिएको ।

१४. २०८० साल जेष्ठ ३१ गतेका  दिन इटहरी उप–महानगरपालिकाले निर्धारण गरेको ब्यवसायीक कर ,बहालकर र सम्पती कारका संम्वन्धी इटहरी उप–महानगरपालिकाका प्रतिनिधिको उपस्थितिमा छलफल कार्यक्रम सम्पन्न गरिएको । 

१५. २०८० साल असार ६ गते बुधबारका दिन ब्यवसायीक लेनदेनका विषयमा आवश्यक छलफल गरी मिलापत्र गराइएको ।

१६ २०८० साल असार १९ गते इटहरीका इटाभट्टा ब्यवसायीको समस्याका विषयमा सम्वन्धीत ब्यवसायी संग आवश्यक छलपल गरी समस्या समाधानका लागि पहल गरिएको ।

१७. २०८० साल श्रावण १४ गतेका दिन इटहरीका ब्यवसायी,बस्तुगत संघहरु सरोकारवाला निकाय हरुसंग इटहरी उप–महानगरपालिकाले जारी गरेको आर्थिक ऐन २०८० सम्वन्धमा आवश्यक छलफल गरियो ।

१८.२०८० साल श्रावण १८ गते कीराना ब्यवसायीहरुको ढक तराजु नविकरण सम्वन्धमा  गुणस्तर तथा नापतौल विभागले इटहरी बाटनै सेवा प्रदानग गर्न आवश्यक पहल गर्ने सम्वन्धी छलफल कार्यक्रम सम्पन्न गरिएको ।

१९. २०८० साल श्रावण २७ गते महिला उद्यमि प्रदर्शनी २०८० साल सफल बनाउन इटहरी उप–महानगर भित्रका सम्पुर्ण टोल विकास संस्थाहरु र उद्योग वाणिज्य संघ इटहरी विच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो ।

२०. २०८० साल श्रावण ३० गतेका दिन उद्योग वाणिज्य संघ इटहरी तथा यस संघ अन्तरगतका उपसमिति एवं सरोकारवाला महिला उद्यमिहरु विच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो । 

२१.२०८० साल भाद्र १ गते महिला उद्यमि मेलालाइ सफल बनाउनका लागि संघका उप–समिति संयोजक , पत्रकार एवं बस्तुगत संघका प्रतिनिधिहरु विचमा महिला उद्यमी प्रदर्शनीलाइ कसरी सफल बनाउने भन्ने विषयमा अन्तरक्रिया एवं छलफल कार्यक्रम सम्पन्न गरियो । 

२२. २०८० साल भाद्र ७ गतेका दिन यस उद्योग वाण्ँिज्य संघ इटहरीको आयोजनामा महिला उद्यमी प्रदर्शनी २०८० लाइ सफल बनउन जिम्मेवारी बाडफाड गर्ने र संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुले संरक्षकको भुमिकामा रहेर काम गर्ने गरि निर्णय गरिएको ।

२३. २०८० साल भादै १५ गते देखि १७ गते सम्म महिला उद्यमि मेला सफलता पुर्वक सम्पन्न गरिएको ।

२४. २०८० साल भाद्र १९ गते इलाका प्रहरी कार्यालय इटहरी सुनसरी बाट सरुवा भइ जाने प्रहरी नावयव उपरीक्षक  माधव प्रसाद काफ्लेको विदाइ कार्यक्रम सम्पन्न गरिएको ।

२५.२०८० साल भाद्र २९ गते शुक्र बारका दिन इलाका प्रहरी कार्यालय इटहीमा सरुवा भइ आउनु हुने प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीको स्वगत सम्मान एवं परिचयात्मक कार्यक्रम सम्पन्न गरिएको ।