बेलबारीः  स्थानीय कला संस्कृती तथा स्थानीय उत्पादनलाई प्रवर्दन गर्ने उदेस्यले मोरङको लक्ष्मीमार्ग स्थीत सांस्कृतिक तथा औद्योगिक महोत्सव सुरुभएको छ ।

डाँगीहाट युथ क्लबको आयोजनामा सोमबारदेखि सुरुभएको लक्ष्मीमार्ग सांस्कृतिक तथा औद्योगिक महोत्सव २०८० प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीले उद्घाटन गरेका छन् । स्थानीय कला संस्कृतीको प्रवर्दनमा महोत्सवको महत्वपुर्ण भुमीका रहेको प्रदेश सांसद सुवेदीले बताए । महोत्सव उद्घाटनको विभिन्न जात जातीका दर्जनौ सांस्कृतीक झाँकीहरु समेत प्रदर्सनी गरिएको थियो ।

महोत्सवमा प्रदर्शनीतर्फ १५ वटा स्टल रहेका छन् । दुई साता सम्म चल्ले महोत्सवमा दिउँसो जाने अवलोकनकर्तालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको र साँझमा हुने साङ्गीतिक कार्यक्रमको समयमा भने टिकटको व्यवस्था गरिएको आयोजक समितीका स्टल संयोजक रोशन श्रेष्ठले जानकारी दिए ।

स्थानीय कलाकारको प्रतिभा प्रस्फुटनको वातावरण बनाउन, स्थानीय जातिको पहिरन र खानपानको विशेषता चिनाउन तथा स्थानीय व्यवसाय र उद्योगको प्रवद्र्धन गर्न महोत्सवले सहयोग पुग्ने ओयोजक समितीका सचिव शम्भु बस्नेतले बताए ।

कार्यक्रममा ४१ लाख ५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको आर्थिक संयोजक शिवकुमार राईले बताए । महोत्सवमा सङ्कलित रकमको हिसाबकिताब दुरुस्त राख्न लेखा उपसमिति गठन गरिएको राईको भनाइ थियो । कार्यक्रममा राजेश पायल राई, मेलिना राई, एलिना चौहान, रचना रिमाल, सबिन राईलगायतका कलाकारले साङ्गीतिक प्रस्तुति दिने आयोजकले जनाएको छ ।