इटहरीः अष्ट्रेलियन सरकारको मान्यता रहेको होटल व्यवस्थापनको कोर्स इटहरीको प्रिमियर कलेजमा संचालन हुने भएको छ । अस्टे«लियाको आधिकारीक संस्था एनएस डब्लु टेफले अनुमती प्रदान गरेको कोर्स विशेष सहुलियतमा नेपाली विद्यार्थीले इटहरीमै पढ्न पाउने भएका हुन् ।

होटल प्रिमियर कलेजका प्रमुख कार्याकारी अधिकृत सुनिल भुसालका अनुसार करिब ३० जना विद्यार्थी यो सेवाबाट लाभान्वित हुँदैछन् । यसको तयारी अन्तिम चरणमा पुगेको छ । भुसालले अस्ट्रेलियन सरकारका तर्फबाट प्रिमियर कजेलको भ्रमण भइसकेको जानकारी दिए । यहाँका जनशक्तिलाइ विशेष परिक्षा पनि लिइ सकिएको छ । जसका लागि कजेलका २ शिक्षकलाई एकेडेमिक तहको परिक्षा लिइएको छ भने कलेजका सिईओ भुसाललाई व्यवस्थापन तहको उच्च श्रेणीको तालिम प्रदान गरिएको छ ।

इटहरीबाट पढाइ हुँदा अस्ट्रेलियन श्रेणीको शिक्षा हुनुपर्ने अनिवार्य गरिएको छ । भुसालकाअनुसार पढ्ने वातावरण पिम्रियरमा बनाइए पनि त्यसको सम्पुर्ण रेखदेख र प्रोसेस अट्रेलियाबाट हुनेछ । ‘हामीले विद्यार्थीको छनोट हुँदै भर्ना र पढाइका सम्पुर्ण प्रक्रिया अस्ट्रेलियन टीमकै नेतृत्वमा हुनेछ । उनले भने– ‘ हामी त केवल अस्ट्रेलियन फम्र्याटमा शिक्षा प्रदान गर्ने हो ।’

भर्नाका लागि विद्यार्थीमा प्लस टू मा ५० प्रतिशत माक्र्स अनिवार्य छ । त्यसका साथै आइएलटीस्मा समेत ५.५ स्कोर ल्याएको हुनुपर्नेछ ।
एक वर्षे उक्त कोर्ष ससिकए पछि अष्ट्रेलियाको स्कील सिस्टममा विद्यार्थी सर्टिफाई हुन्छन् । यो कोर्सका लागि अस्ट्रेलिया गएर पढ्न करिव २५ लाख सम्म खर्च लाग्ने भुसालले जानकारी दिए । तर, इटहरीमा यो कोर्स सक्छ ४लाख सम्म लाग्नेछ । संसारभर मान्यता हुने यो कोर्स काठमाण्डौको गेट कलेजकाे सहकार्यमा प्रिमियरमासंचालन हुन लागेकाे हाे ।