इटहरीः  इटहरीका मेयर हेमकर्ण पौडेलले स्थानीय तहको न्यायिक समितिलाई  सुदृढ र प्रभावकारी बनाउन स्थानीय तहको प्रहरीलाई हतियार आवश्यक भएको बताएका छन । 

इटहरीमा विहीबार सुनसरी जिल्लाभरका स्थानीय तहका न्यायीक समितिका प्रमुखबीच भएको छलफलमा प्रमुख अतिथि रहेका मेयर पौडेलले न्यायिक समितिको निर्देशन पालना गर्ने हतियार सहितको प्रहरी आवश्यक भएको बताएका हुन ।

स्थानीय तहलाई कतिपय अवस्थामा दौडनुपर्छ भनेपनि खुट्टा बाँधेर दौडन लगाएजस्तो भएको बताए । ‘संविधान र ऐनका प्रावधानमा आधारित रहेर स्थानीय सरकारका अधिकार र जिम्मेवारीहरू अनुसार अघि बढ्न कानुन, नियम तथा विनियम बनाउने कुरामा अप्ठ्यारो छ,’ उनले भने । उनले अप्ठ्यारो  फुकाउन तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक पर्ने बताए ।

403603320_3586605961659203_3186900561937664679_n

 ‘समन्वय र सहकार्यका आधारमा ऐन–कानुनको कार्यान्वयन हेरेर तिनीहरूमा आवश्यक परिमार्जन पनि गर्नुपर्ने हुन्छ,’ उनले भने । अहिले हाम्रो न्यायिक समितिले निर्णय गरेको कुरा कार्यन्वयनमा झन्झटिलो अवस्था छ मेयर पौडेलले थपे । हाम्रो न्यायिक समितिको निर्णय कार्यन्वयनमा हाम्रै हतियार सहितको प्रहरी चाहियो उनले भने ।

संघीय नेपालका तीन तहमध्ये नागरिकको सबभन्दा नजिक रही लोकतन्त्रको दरिलो जगका रूपमा र विकासको माध्यमका रूपमा स्थानीय तह रहेको हुन्छ । यद्यपी, बाहिरबाट देखिएजस्तो नभएको नगरप्रमुख पौडेलले जिकिर गरे  । उनले न्यायधीसहरुले त न्यायीक समितिलाईं सौताजस्तो व्यवहार गर्ने गरेको टिप्पणी गरे  ।

    आफ्नो निर्णय कार्यन्वयन गराउन प्रहरी गुहार्दा माथिल्लो आदेश पर्खनु पर्ने बताउने गरेको बताउदै मेयर पौडेलले पालिकाको प्रहरीलाई हतियार दिन सरकार सँग आग्रह गरेका हुन ।सो कार्यक्रममा इटहरी उपमहानगरपालिका उपप्रमुख संगीता चौधरी, धरान उपप्रमुख आइन्द्रविक्रम बेघालगायतले बोलेका थिए ।