बेलबारीः मोरङको बेलबारी–९ डाँगीहाटमा प्रहरी चौकी स्थापना गरिएको छ ।
आजदेखि सो प्रहरी चौकीबाट सेवा दिन थालिएको छ । असई केशर ढकालको नेतृत्वमा ५ जना प्रहरी सो कार्यालयमा खटाइएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख रामकुमार राईले बताए । बेलबारीका दक्षिणी क्षेत्रका बासिन्दालाई शान्ति सुरक्षा दिने उद्देश्यका साथ अस्थायी प्रहरी चौकीको स्थपना गरिएको जनाइएको छ ।
अस्थायी चौकी स्थापना भएसँगै दक्षिणी क्षेत्रमा हुने अपराधजन्य गतिविधि नियन्त्रण भई जनताले शान्तिसुरक्षा पाउने विश्वास लिएको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए ।