विराटनगरः कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अबको एक हप्ता भित्रमा उद्योग व्यवसाय दर्ता गर्नेले काठ्माडौंको झन्झट बेहोर्नु नपर्ने बताएका छन । कोशी प्रदेश योजना आयोगले विराटनगरमा आयोजना गरेको प्रथम आवधिक योजना कार्यान्वयनको समिक्षात्मक गोष्ठीमा बोल्दै मुख्यमन्त्री कार्कीले त्यस समय भित्रै कोशी प्रदेशमै उद्योग दर्ताको लागि व्यवस्था मिलाइने बताइने बताएका हुन । 

‘अब उद्योग दर्ताका लागि काठमाडौंको झण्झट बेहोर्नु पर्ने अबस्था हुँदैन । उनले भने, हातहतियार सम्बन्धी विषेश उद्योग बाहेक अरु उद्योग अब प्रदेशमा दर्ता हुन्छ ।’ सरकार र निजीक्षेत्र एक सिक्काका २ पाङ्रा रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशलाई निजी क्षेत्र मैत्रि बनाइने बताए ।  

मुख्यमन्त्री कार्कीले भोकमरीबाट पिडित नागरिकलाई आत्मनिर्भर बनाउने अभियानको थालनि चाँडै गर्ने बताउदै जनतालाई परनिभरतामा भन्दा आत्मनिर्भरतामा जोड दिने उल्लेख गरे । मुख्यमन्त्री कार्कीले सरकारले व्यवसायको पर्वदनका लागि अब अनुदान भन्दा पनि सापटी उपलब्ध गराइने बताए । 

उनले भने, अनुदानमा चैं के केमा अनुदान छ त्यो हेरेर त्यसै तर्फ लाग्ने अनुदान पाएपछि छोडेर हिड्ने अबस्था आयो । अब हामी त्यसो हैन मानिसलाई उद्यमी बनाउनका लागि सापटीको व्यवस्था गर्छौं ।’ मुख्यमन्त्री कार्कीले कृषिको पकेट क्षेत्र बनाएर सरकारले काम गर्ने उल्लेख गरे । 

विषय विज्ञको रुपमा प्रदेशको प्रथम आवधिक योजना कार्यान्वयनको अबस्थाको प्रतिवेदन प्रस्तुत गर्दै गण्डकी प्रदेशका पूर्व नीति तथा योजना आयोगका उपाध्यक्ष डा.रघुराज काफ्लेले परीमाणत्मक लक्षमा ५० प्रतिसत हाँसिल भएको उल्लेख गरे । ग्रहस्थ उत्पादन राजस्व तथा शुसासनको क्षेत्रमा लक्ष सन्तोषजनक उपलब्धि हासिल भएको उल्लेख गरे । निर्णय प्रकृयमामा अग्रसरताका साथै अनुगमनका साथै निजी क्षेत्र मैत्री बातावरण निर्माण भई नीति कार्यान्वयन भएमा अपेक्षा गरिएका लक्ष हाँसिल गर्ने उनले बताए । 

कार्यक्रममा सहभागि वक्ताहरुले कोशी प्रदेशमा विकाशका दृष्टिले अनेकौं सम्भावना रहेको बतउँदै त्यसको उपयोग र व्यवस्थापनको कार्य गरि लाभ लिन सकिने उल्लेख गरेका छन् । उनिहरुले दिर्घकालीन सोच अनुसार दिगो विकाशका लागि पाईला चालनुपर्ने बताएका छन् । कार्यक्रमको अध्यक्षता समेत गरेका प्रदेश योजना आयोगगका उपाध्यक्ष पुरञ्जन आचार्यले आम जनताको सहभागितामा देशको निर्माण हुने उल्लेख गर्दै योजना आयोगले त्यस अनुसारको कार्य गर्ने उल्लेख गरे ।