फाइल तस्बिर
झापाः झापाको गौरीगञ्ज गाउँपालिका–२ मा आगलागीमा परी एक जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गौरीगञ्ज–२ हेमनाडाँगीस्थित जोगेन टुडूको घरमा शनिबार राती आगलागी हुँदा उनकी श्रीमती ४५ वर्षीया सुनिता टुडूको जलेर मृत्यु भएको हो । मादक पदार्थ सेवन गरेर आफ्नै घरको बरण्डामा सुतेको समयमा नजिकै बालेको कुपीबाट ओछ्यानमा आगो सल्किँदा उनको सुतेकै अवस्थामा मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।

आगलागीको घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रमुख टेकेन्द्र पौडेलले बताए । मृतक टुडूको शव परीक्षणका लागि आजै आम्दा अस्पताल दमक पठाइएको बताइएको छ ।