विराटनगरः मुख्यमन्त्री केदार कार्कीले काेशी प्रदेश सरकारले भ्रष्टाचारकाे विषयमा कसैसँग कुनै किसिमकाे सम्झाैता नगर्ने बताएका छन् । खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालयले विराटनगर, इटहरी र झापाकाे सुरूङ्गामा स्थापना गरेकाे विद्युतीय सवारी चार्जिङ्ग स्टेसनकाे आइतबार उद्घाटनपछि मुख्यमन्त्री कार्कीले काेशी सरकार फरक ढंगले सुशासनमा अघि बढिसकेकाले सबैलाई इमानदारितापूर्वक जनताकाे पक्षमा काम गर्न निर्देशन दिएका हुन् ।

´सकारलाई कुनै बाधा र अबराेध छैन, फरक ढंगले सुशासनमा अघि बढिसकेकाले कसैकाे लागि सकार राेकिदैन ।` उनले भने, ´२५ मेघावाटकाे जलविद्युत आयाेजना सूचिकृत गराउन भनेकाेले त्याे नगरे सचिव जान्छ, राेकिदैन किनकी सर्वसम्मतिकाे शतप्रतिशत जनताकाे मतकाे सरकार भएकाले जनताकाे पक्षमा मात्रै काम गर्नुपर्छ ।` प्रदेश सरकारले प्रदेशलाई कृषिमा फडकाे मार्न कार्यक्रम अगाडि बढाउन लाग्नुका साथै उद्यमी बनाउने काम पनि यसै वर्षबाट सुरू गर्दै छ त्यसैले अब जनताकाे काम राेकिदैन ।`

याे काम गरेपछि जनताकाे भाेट आउँछ भनेर काेही नआउनु हाेला तर याे गरेपछि जनताले सुबिधा पाउँछ भनेर मात्रै आउन मुख्यमन्त्री कार्कीले बताएका छन् । ´अब प्रदेशमा कसैलाई विभेद नहुने गरि काम प्रदेश सरकारले गर्छ,` उनले भने, ´खानेपानीमा विभेद नगर्न र सबै जनताकाे घरमा पुर्याउन निर्देशन दिएकाे छु र जीवन बचाउने खानेपानीमा धेरै नाफा कमाउनु हुँदैन र उपभाेक्ताकाे पैसा लिएर विदेश घुम्न जाने हाेइन, जनताकाे मन जित्ने गरी काम गराैं ।`

विद्युतीय चुल्हाे र गाडी चार्जिङ स्टेसन बनाएर गाडी खरिदमा पैसा बाहिर पठाउने अवस्थाकाे अन्त्यका लागि प्रदेश सरकारले काम अघि बढाएकाे मुख्यमन्त्री कार्कीले बताएका हुन् । ´इन्डक्शन चुल्हाे सँगै विद्युतीय सामग्री समेत काेशी प्रदेशमा नै उत्पादन गर्न मानवीय विकासमा लागाैं,` उनले भने, ´ग्रिन इनर्जीमा हामी आत्मनिर्भर भइसकेकाे अवस्थामा राष्ट्रकाे कूल आमदानीकाे २० प्रतिशत इन्धनमा खरिद गर्नुपर्ने बाध्यताकाे अन्त्य गरेर व्यापार घाटा घटाउनुकाे विकल्प छैन ।`मुलुककाे आर्थिक अवस्था धारासायी भएकाे भ्रम छर्नेले यसै वर्ष ३ लाख विद्युतीय सवारी बिक्रि भएकाे किन हेर्न नसकेकाे भन्दै मुख्यमन्त्री कार्कीले प्रश्न गरेका हुन्। त्यसैले प्राप्त साधनकाे सही सदुपयाेग गर्नुपर्ने उनकाे भनाइ थियाे ।

खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालयले उक्त तीन वटै ठाउमा १ कराेड १४ लाखकाे लागतमा चार्जिङ स्टेशन निर्माण गरेर सञ्चालन गरेकाे छ ।