विराटनगरः  काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले थारू संस्कृति गाैरबकाे संस्कृति भएकाेले प्रदेश सरकारले संरक्षण गर्ने बताएका छन् । थारू कल्याणकारणी सभाले मंगलबार आयाेजना गरेकाे चाैथाे बर्जु माघी महाेत्सवमा मुख्यमन्त्री कार्कीले थारू संस्कृति अतिक्रमित भइरहेकाेले संरक्षण गर्दै अन्तर्राष्ट्रियकरण गर्नु आवश्यक भएकाे बताएका हुन् ।

´थारू संस्कृतिलाई गाैरवपूर्ण बनाअैां र यसकाे अन्तर्राष्ट्रियकरण गराैं,` उनले भने, ´थारू संस्कृति याे प्रदेशकाे ठूलाे सम्पति हाे, यसलाई मास्न दिनुहुँदैन ।` थारू समुदायकाे घरकाे भित्तामा महिलाहरूले बनाउने चित्र सम्पति भएकाेले त्यसलाई मासिन नहुने मुख्यमन्त्री कार्कीले आग्रह गरेका छन् ।

´थारू संस्कृति, समाजकाे कथा र व्यथा झल्किने भित्ता भएकाे घरलाई थारू हाेमस्टे बनाएर बाहिरबाटआएका मान्छेलाई मेजवानी राखाैं,` उनले भने, ´हाेमस्टेमा आउने पाहुनालाई थारू परिकार, नृत्य, गीत, कथा, कहानी, गाैरवमय इतिहास सुनाउनुका साथै चित्रकला, थारूकाे ग्राम थानलगायतका संस्कृतिकाे अध्ययन गराउनु पर्छ जसले थारू संस्कृतिका साथै प्रदेश र देशकाे गाैरव बढाउँछ ।`
image (4)

प्रदेश सरकारले सम्पूर्ण थारू, राजबंशीलगायतका आदिवासी, जनजाति, अल्पसंख्यककाे भाषा, संस्कृति संरक्षण, सम्बर्धन, अध्ययन, अनुसन्धान र विकासका लागि फाल्गुनन्द भाषा, संस्कृति अध्ययन प्रतिष्ठान गठनका लागि बजेट विनियाेजन गरेर काम अघि बढाएकाे उनले बताएका हुन् ।

महाभारतकालकाे पाैराणिक ईतिहास बाेकेकाे बर्जु पछि परेकाेले प्रदेश सरकारले विराटनगरसँग जाेडेर सहरकाे रूपमा विकास गर्न केसलीयाकाे दुबै किनारमा सडक निर्माण गर्न गइरहेकाे मुख्यमन्त्री कार्कीले बताएका छन् ।