धरानः परिवर्तनका लागि सामाजिक अभियानले आयोजना गरेको सामाजिक स्वास्थ्य क्लिनिकको ५१ औं संस्करण धरान–१५ स्थित दशरथपथ टोल सुधार समितिको सहकार्यमा सम्पन्न भएको छ । पाक्षिक रुपमा आयोजना हुने यो शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रशान्त शाहले स्वास्थ्य परिक्षण गर्ने गरेका छन् ।

हरेराम कीर्तन कुञ्ज, धरान–१५ मा आयोजित यस शिविरमा ६० वर्ष भन्दा माथिका जेष्ठनागरिकहरुलाई निःशुल्क स्वास्थ्य परिक्षण गर्ने गरिएको अभियानका अध्यक्ष विष्णु बरालले बताएका छन् । बरालका अनुसार शिविरमा बिरामीहरुको निःशुल्क मधुमेह परिक्षण र औषधी समेत निःशुल्क प्रदान गरिएको थियो । 

5

त्रिभुवन बरालको संयोजकत्वमा सम्पन्न उक्त क्निनिकमा वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्टाफ नर्स कला थापा र एलिना केसीले बिरामीहरुका लागि रक्तचाप जाच र मधुमेह परिक्षण गरेका थिए । परिवर्तनका लागि सामाजिक अभियानका मोहन श्रेष्ठ, हेम ढकाल, जेनिश शाक्य, निशान नेपाल, वर्षा अग्रवाल लगायतका अभियन्ताहरुको सक्रिय सहभागिता रहेको थियो ।

2

कार्यक्रमको समापन समारोहमा प्रमुख अतिथि १५ नं. वडा कार्यालयका वडाध्यक्ष नरेश इवारमले यो कार्यक्रम निरन्तर रुपमा आयोजना भएको र धराने जनताहरुले निक्कै नै सुविधा पाएकोमा संंस्थाप्रति वडाहार्दिक आभार व्यक्त गरेका छन् । “परिवर्तनका लागि सामाजिक अभियानले यो कार्यक्रम निरन्तर रुपमा आयोजना गरेकोमा अध्यक्ष विष्णु बराल र डा.. प्रशान्त शाहप्रति हामी धन्यवाद व्यक्त गर्दछौं” इवारमले भने । 

समारोह समारोहमा सामाजिक व्यक्तित्व वासुदेव गौतम, दशरथपथ टोल विकास संस्थाका अध्यक्ष सन्तोष खतिवडा लगायतले आयोजक संस्थाप्रति धन्यवाद ज्ञापन गरेका थिए ।