धरानः धरान–४ स्थित कन्या आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यायो कपडा, जुत्ता, शैक्षिक सामाग्री एवम् खाजा वितरण गरिएको छ । धरान जेसीज प्रथम महिला समूहले हरेक वर्ष झैं यस वर्षपनि उक्त सामाग्रीहरु वितरण गरिएको हो । उक्त समूहले चिसो मौसममा दुर्गम क्षेत्रका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री लगायत न्यानो कपडा वितरण गर्ने गरेका छन् । 

धरान–४ को पहाडी क्षेत्रमा पर्ने उक्त विद्यालयमा २७ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । चिसोको मौसममा विद्यार्थीहरुलाई जुत्ता, मोजा, टोपी, कपी, पेन्सिल, डटपेन र खाना समेत वितरण गरिएको धरान प्रथम महिला समूहकी संयोजक कोपिला श्रेष्ठले बताएकी छिन् । 

8

धरान जेसीजका विभिन्न वर्षका अध्यक्षहरुको श्रीमतीहरुको संगठनको रुपमा धरान जेसीज प्रथम महिला समूह गठन गरिएको समूहकी सचिव बिनुता सापकोटाले बताएकी छिन् । “दुर्गम क्षेत्रका विद्यार्थीहरुलाई अध्ययनमा सहज होस भन्ने उद्देश्य राखी हरेक वर्ष यस्ता कार्यक्रम आयोजना गर्दछौं” सापकोटाले भनिन् । 

 उक्त कार्यक्रममा रेवा श्रेष्ठ, उर्मिला श्रेष्ठ, संगीता श्रेष्ठ, गीता गौतम, ऋचा अर्याल, रोजिना अधिकारी एवम् धरान जुनियर जेसीजकी अध्यक्ष प्रेषिका निरौलाको सहभागिता रहेको थियो ।  सो समूहले विगत १० दिन अगाडि धरान–२०, सानोखैरेनीमा रहेको सूर्य उदय प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई समेत स्वीटर लगायतका अन्य सामाग्री प्रदान गरिएको थियो ।