भोजपुरः भोजपुरको साल्पासिलिछो गाउँपालिकाले जनप्रतिनिधिको कम्प्युटर दक्षताका लागि १० दिने आईटी तालीम दिएको छ ।
जनप्रतिनिधिलाई व्यावहारिक मात्र नभई प्रविधिसम्बन्धी ज्ञानमा सक्षम बनाउन तालीम दिइएको गाउँपालिकाले जनाएको छ ।
प्रविधिको बारेमा अनभिज्ञ जनप्रतिनिधिलाई कम्प्युटर र इन्टरनेट चलाउन सक्ने क्षमताको विकास गराउन तालीम दिएको बताइएको छ । गाउँपालिकाले ६ वटै वडाका जनप्रतिनिधि र कार्यपालिकाका सदस्य गरी १४ जनालाई तालिममा सहभागी गराएको गाउँपालिकाका सूचना तथा सञ्चार प्रविधि अधिकृत ईश्वरप्रसाद भट्टले जानकारी दिए ।