विराटनगरः काेशी प्रदेशका मुख्यमन्त्री केदनर कार्कीले विभेद अन्त्यका लागि दाताले आफ्नाे सम्पत्ति दान गरेर बनाएकाे विद्यालयमा अंग्रेजी र नेपाली माध्यममा छुट्टाछुट्टै शिक्षा दिएर विभेद किन गरिरहेकाे भन्दै प्रश्न गराएका छन् ।

साजिलाल माध्यमिक विद्यालय सुन्दरहरैंचा ६, दुलारीकाे ५८ अैां वार्षिकाेत्सवमा मुख्यमन्त्री कार्कीले विद्यालयकाे विद्यालयमा विभेद विरूद्धकाे विद्राेहकाे बीऊ किन राेपिरहेकाे भन्दै प्रश्न गरेका हुन् । ´एउटै विद्यालयमा अंग्रेजी र नेपाली माध्यममा पढाएर अबाेध बालबालिकाकाे मनमा धनी र गरीवविचकाे खाडल किन खनिरहेका छाैं ?,` उनले भने, ´विद्यालयमा पढ्ने विद्यार्थीहरूमा धनीका छाेराछाेरीले अंग्रेजी र गरीवका छाेराछाेरी नेपाली माध्यममा पढिरहेकाे कुण्ठा किन बढाइरहेका छाैं, याे कुण्ठाले धनीबिरूद्ध विद्राेहकाे  जग बनाउने अपराध सहय हुमँदैन ।`
3
गरिवकाे करले विभेदकारी शिक्षा दिन पाइन्छ भन्दै मख्यमन्त्री कार्कीले प्रश्न गरेका हुन् । ´गरीवकाे करले चलेकाे विभेदकारी विद्यालयमा प्रदेशसकारले कुनै लगानी गर्दैन,` उनले भने, ´साजिलालले विभेद विरूद्ध विद्यालय स्थापन गर्नुभएकाे थियाे तर अहिले त्यही विद्यालयमा विभेदकारी शिक्षा किन ?`
भाषाले ज्ञानकाे मापन नहुने उनकाे भनाइ थियाे । ´अंग्रेजी राम्राे जान्नेले महिला हिंसालगायतका अपराध गर्दै हिँडेका छन् ,` मुख्यमन्त्री कार्कीले भने, ´ज्ञानकाे मापन व्यवहारबाट हुन्छ, सर्टफिकेटबाट हुँदैन ।` अहिलेसम्म संसारमा मानव जीवन सहज बनाउने भए गरेका सिर्जना विद्यालय शिक्षा र किताबी ज्ञानले नभई प्रकृतिबाट शिक्षा लिएर मात्रै गरेकाे उनले बताएका हुन् ।
1 (1)
अहिले विद्यालयका चाैर र खेल मैदान मासेर सटर निर्माण भइरहेकाे देख्दा उदेक लागेर आउने गरेकाे मुख्यमन्त्री कार्कीले बताएका हुन् । ´किताबी ज्ञानभन्दा पनि प्राकृतिक र प्रयाेगात्मक शिक्षाले मात्रै ज्ञान प्राप्त हुने गरेकाे हाम्रा शिक्षकले बुझ्नु आवश्यक छ,` उनले भने, ´बजेट माग्न आउनेहरूले विद्यालयकाे शैक्षिक गुणस्तर सुधारका लागि हाेइन, अनियमितत्ता गर्न भवन निर्माण र आफ्ना छाेरी, बुहारीलाई नियुक्ति गर्न शिक्षक दरबन्दी माग्दै आउने गरेका छन् ।`

त्यसैले अहिलेकाे प्रदेश सरकारले सडककाे याेजना काटेर १० वर्षमुनिका बालाबालिकाकाे निःशुल्क उपचार, शैलजा आचार्य हृदयराेग केन्द्र, महिला स्वास्थ्य स्वयं सेविकालाई प्राेत्साहनलगायतका मानवीय विकासका याेजना ल्याएर सडककाे विकास गर्भमा पुर्याएकाे मुख्यमन्त्री कार्कीले बताएका हुन् ।