इटहरीः इटहरीको हाल संचालनमा रहेको बसपार्कलाई मासेर स्मार्ट बसपार्क निर्माणको औपचारिक शुरुवात मंगलबारबाट भएको छ । 

 पूर्वकै केन्द्रमा पर्ने इटहरीमा बसपार्क भएपनि व्यवस्थित नभएकाले सवारी साधन पार्किङ समस्या बन्दै गएपछि  बसपार्कलाई स्मार्ट बनाउने उद्धेश्यले नगरबिकास कोषको ऋण सहयोगमा इटहरी उपमहानगरले निर्माण कार्यलाई औपचारिकता दिइएको हो ।  पुरानो बसपार्क भएको ठाउँमा नै स्मार्ट बसपार्क निर्माणका लागि  ठेक्का लागेर निर्माणको काम सुरु भईसकेको छ । 

मंगलबार इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले भवनको शिलान्यास गर्दै समयमै निर्माण सक्न निर्माण कम्पनीलाई निर्देशन समेत दिएका  छन् । भवन निर्माण भए सँगै अत्याधुनिक र सुबिधा सम्पन्न हुने नगर प्रमुख पौडेलको भनाई छ । 

  शिलान्यास कार्यक्रममा उप प्रमुख संगिता चौधरी, इटहरी ९ का वडा अध्यक्ष जितेन थापा, उपमहानगरका प्रवत्ता दिवस पोखरेल लगायतको उपस्थित रहेको थियो ।

शिलान्यास कार्यक्रममा उप प्रमुख संगिता चौधरी, इटहरी ९ का वडा अध्यक्ष जितेन थापा, उपमहानगरका प्रवत्ता दिवस पोखरेल लगायतको उपस्थित रहेको थियो ।श्री अर्थ/हाम्रो/श्रीमान हेटौंडा-६,मकवानपुरले ९ करोड ४८ लाख ८३ हजार ५ सय ५६ रुपैयाँमा ठेक्का पारेर निर्माण सुरु भएको हो ।
67e4e9ab-d109-4851-ab2a-44979ff328a5
इटहरी उपमहानगरपालिकाले नगर विकास कोषसँग ऋण लिएर व्यवस्थित बसपार्क बनाउन लागिएको हो । झन्डै दुई दसकअघि निर्माण भएको बसपार्क अव्यास्थित भएको कारण नमुना बस पार्क निर्माणको काम सुरु भएको पौडेलको भनाई छ ।
अर्कातिर पछिल्लो समय इटहरीको चौरास्त चोकदेखि पाँच सय मिटर आसपास पुरै उपमहानगरपालिकाकै अगुवाईंमा सवारी साधन हटाएपछि प्रायः यात्रुबाहक सवारी साधन बसपार्क नै गएपनि व्यवस्थित नभएको बेला उपमहानगरपालिकाले महत्वपूर्ण योजना अघि सारेर दुर्त गरिमा काम सुरु भएको मेयर पौडेलको भनाई छ ।
नगर विकास कोष काठमाडौंले ७० प्रतिशत र इटहरी उपमहानगरपालिकाको ३० प्रतिशत लगानी रहनेछ।
उपमहानगरपालिका इन्जिनियर जीवन घिमिरेका अनुसार एक बिघा क्षेत्रफलमा फैलिने बसपार्कको तल्लो तलामा टिकट काउन्टर, सोधपुछ कक्ष, प्रतिक्षालय, सभाहल, रेष्टुरेन्टसहितको हुनेछ।
१८ महिनाभित्र बस पार्क पूरा हुनेछ। ५० वटा बस अट्ने क्षमताको हुने उपमहानगरपालिका कार्यालयले जनाएको छ। बसपार्कमा ढल व्यवस्थापन र ड्रेन सहितको सुविधा हुनेछ। इटहरीका मेयर पौडेलका अनुसार अब बसपार्क व्यवस्थित गर्दा आम्दानीमुखी बसपार्क हुनेछ।