इटहरीः शनिबार भएको गछिया जेसीजको अधिवेशनबाट बोधराज रिजाल सन् २०१९ को लागि अध्यक्षमा चयन भएका छन् । त्यस्तै, कार्यकारी उपाध्यक्षमा धु्रव निरौला र टेकेन्द्र श्रेष्ठ छानिएका छन् ।

अधिवेशनले बलभद्र बिष्ट, अम्बिकाप्रसाद गुरागाईं, किरण अधिकारी र शान्तिराम श्रेष्ठलाई उपाध्यक्षमा चयन गरेको छ । सन् २०१९ का लागि पुष्पा ढुङ्गेल (सिग्देल) सचिव र सुनिता कटुवाल जनसम्पर्क अधिकृत छानिएको उपाध्यक्ष किरण अधिकारीले बताए । अधिकारीका अनुसार नयाँ कार्यसमितिको पदस्थापन भने माघमा हुनेछ ।