विद्यालयमा पोसाक बेचे कारबाही गर्छौः नगर प्रमुख

इटहरीः  विद्यार्थीबीच बढ्दै गएको असमानता मध्यनजर गरेर इटहरी उपमहानगरपालिकाले सबै विद्यालयमा एउटै पोसाक लागू गर्ने भएको छ । नयाँ शैक्षिक सत्रका लागि अभिभावकले विद्यालय पोसाक खरिद गर्ने बेला इटहरी उपमहानगरले यस्तो निर्णय लिएको हो । 

इटहरीमा १३४ निजी र ३६ सामुदायिक गरि १७० वटा विद्यालय छन ।  ६३ हजार ५ सय २६  विद्यार्थी एउटै पोसाकमा विद्यालय जानेछन्   । नगरशिक्षा समिति इटहरीले विद्यार्थीको पोसाकमा विविधता देखिएको भन्दै एकरूपता ल्याउन यस्तो निर्णय गरेको हो । 

इटहरी भित्रका निजी तथा  सबै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले एकैखालको पोसाक लगाउनुपर्ने गरी नियम बनाएका छौं,’  इटहरी उपमहानगरका नगर प्रमुख हेमकर्ण पौडेलले भने  । विद्यालयमा टाई हटाएर भादगाउले टोपी लगाउने निर्णय गरेको हो । अब इटहरीका विद्यालयमा टाइ देख्न पाईने छैन ।

‘पोसाक देखेर इटहरीका विद्यालयको विद्यार्थी रहेछ भनेर सबैले चिनून् भन्ने उद्देश्य पनि हो,’ उपमहानगरका प्रमुख पौडेलले भने । निजी स्कुलहरुले ड्रेस पनि बढि मुल्यमा आफ्नै स्कुलबाट बिक्री गर्ने गरेका छन त्यो रोक्ने हाम्रो अभियान पनि हो मेयर पौडेलले भने ।  साथै उपमहानगरका कर्मचारी र जनप्रतिनिधिहरुको छोरा छोरी अनिवार्य रुपमा सरकारी विद्यालयमा नै पढाउनुपर्ने निर्णय पनि गरेको हो ।

स्कुलहरुले आफ्नो लोगो भने राख्न पाउछन मेयर पौडेल भन्छन । निजी स्कुलहरुमा मोचा टाइ समेत बिक्रि गर्ने गरेको भन्दै त्यो रोक्न कदम चालिएको हो । विद्यालय मातहतमा कुनै स्टेशनरी बेच्न नपाइने र भर्ना शुल्क वापत एक पटक लिए पछि सो विद्यालयमा पढ्ने बिधार्थी वापत पटक पटक कक्षा चड्दा भर्ना शुल्क लिन नपाइने भएको हो ।

विद्यालय आफैँले किताब बेच्न नपाउने

विद्यालय आफैँले किताब बेच्ने गरेको गुनासो बढेपछि इटहरी उप महानगरपालिकाले विद्यालय आफैले किताब बेच्न नपाउने निर्णय गरेको छ।  विद्यालय हाताभित्रबाट पाठ्यपुस्तक तथा शैक्षिक सामग्री बिक्री(वितरण गर्न रोक लगाएको हो ।

बैठकले  उप महानगर भित्र सञ्चालित विद्यालय शिक्षालाई व्यवस्थित तथा प्रभावकारी बनाउन यो निर्णय गरेको मेयर हेमकर्ण पौडेलले बताए । विद्यालय आफैले किताव तथा स्टेशनरी राखेर बिक्री गर्ने प्रतिबन्ध गरिएको मेयर पौडेलको भनाई छ ।