इटहरीः माओवादी केन्द्रको इटहरीको पहलमा जनयुद्धको समयमा पिडित बनेका परिवारहरुको इटहरी उपमहानगरपालिकाले निःशुलक स्वास्थ्य बिमा गरिदिने भएको छ । 

जनयुद्ध दिवसका अवसरमा मंगलबार माओवादी केन्द्र इटहरीले मेयर हेमकर्ण पौडेललाई इटहरी नगरक्षेत्रका द्धन्द्ध पिडित परिवारहरुको अवस्थाका बारेमा एक ज्ञापन पत्र बुझाएपछि मेयरले यस्तो निर्णय गरेका हुन् ।

मेयर पौडेलले इटहरीमा रहेका एक सय द्वन्द्व पीडित घर परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने निर्णय गरेको माओवादी केन्द्र इटहरीका अध्यक्ष ज्वाला तामाङले बताए   । 596ddce2-290f-46a6-8323-994ce53e3c53

जनयुद्ध दिवसको अवसरमा तत्काल लागु हुने गरी यही आर्थिक वर्षमा कुनै संस्था मार्फत इटहरीमा भएका एक सय द्वन्द्व पीडित घर परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गर्न चार लाख रकम दिने निर्णय गरेका छन् । इटहरी क्षेत्रमा बसोबास गर्दै आएका पिडित घाइतेहरुको निशुल्क बिमा गर्ने गरिदिने  मेयर पौडेलले बताए । 

आफ्ना नगरमा भएको इटहरी नगर क्षेत्रमा बसोबास गर्ने परिवारको बिमा गरिदिने पौडेलको भनाई छ। जनयुद्दमा पिडित बनेकाहरुको निः शुल्क बिमा गरिदिने मेयरको भनाई प्रति माओबादीका इटहरी नगर अध्यक्ष बहादुर तामाङले सिंगो इटहरी नगरकमिटी   खुसी भएको बताए । मेयरको निर्णयपछि पिडितहरु परिवारको नाम र परिवार सदस्य संख्या  तयार गरी केही दिनमै इटहरी उपमहानगरपालिकालाई बुझाउने  सचिव राजकुमार आर्चायले बताए । 13655774-c70d-4b0c-8575-d48fbcd6b950

ज्ञापनपत्र मार्फत इटहरीका सुकुम्बासी परिवारलाई धनीपूर्जा दिलाउने बिषयमा इटहरी उपमहानगरपालिकाबाट भईरहेको ढिलाईको बिषयमा पनि सचेत गराईको सचिव आर्चायले बताए । सुकुम्बासीलाई धनीपूर्जा(लालपूर्जा) दिने बिषयमा आवश्यक निर्णय र कदम तत्काल अगाडि बढाउनु पर्ने माग ज्ञापनपत्र मार्फत मेयर पौडेलसँग गरिएको सचिव आर्चायले बताए ।

मेयर पौडेललाई ज्ञापन पत्र बुझाउनुअघि इटहरी नगर क्षेत्रमा शहिद तथा वेपत्ता परिवारकाका घर घरमा पुगेर परिवारका सदस्यहरुसँग आवश्यक छलफल पनि गरिएको आर्चायले जानकारी दिए। 5cbb756f-1edb-43e9-bd5c-e7757cd1461c6ce70362-52bd-4882-b66d-2f75ced737bf

7f36ca78-267f-488c-9059-679382540fc6