झापाः झापा गाउँपालिकाले ‘जहाँ टोल त्यहाँ पोल’ भन्ने नारासहित गाउँपालिका भित्रका सबै वडामा बिजुलीको पोल गाड्न थालेको छ । सो गाउँपालिकाले ५५ लाखमा १ हजार थान पोल खरिद गरेर टोलैपिच्छे बिजुलीको पोल गाड्न शुरु गरेको जनाएको छ । विशेष गरेर वडा नं १ र ७ का अधिकांश बासिन्दा अहिले पनि बिजुली बत्तीको अभावमा कुपी र सोलार बत्तीमा निर्भर छन् ।

गाउँपालिकाले बिजुली नपुगेका स्थानमा समेत बिजुली पु¥याउने लक्ष्यसहित पोल गाड्न शुरु गरेको वडा नं ७ का अध्यक्ष राजकुमार यादवले बताए । उनले ३ महिनाभित्रमा गाउँपालिकालाई झलमल्ल बनाउने जानकारी दिए । टोलटोलमा लगाएका बाँस र काठका अस्थायी पोलका ठाउँमा सिमेन्टका पोल गाडिएको पनि उनले बताए ।