इलामः डा. गोविन्द केसी १६ औंं सत्याग्रह बस्ने तयारीका लागि इलाम आइपुगेका छन् । प्रदेशपोर्टलसंग कुरा गर्दै उनले पुस २५ गते (भोली) सम्ममा सरकारले आफ्ना मागलाई सम्बोधन गरेन भने बेलुका ५ बजेपछि ( अफिस टाइम) सत्याग्रह शुरु गर्ने बताए ।

इलामको कुन स्थानमा सत्याग्रह बस्ने भन्ने टुङ्गो लागेको छैन । गत साउन १० मा चिकित्सा शिक्षा विधेयक संशोधनमा सहमति भएको थियो । उक्त विधेयक लामो समय सम्म पनि संसोधन नभएपछि १६औं सत्याग्रह बस्र्ने तयारीमा रहेका हुन ।

सरकारसँग भएको पछिल्लो सम्झौतामा पूर्वमा पाँचथर र इलाममा कुनै एक जिल्लामा र सुदूरपश्चिममा डडेलधुरा र डोटिमा एक जिल्लामा र मध्य नेपालको उदयपुरमा सरकारी मेडिकल कलेजहरु स्थापना का लागी भएको सम्झौता कार्यान्वयनको माग राखेका थिए ।

सातै प्रदेशमा मेडिकल कलेज खोल्ने काम अघि बढाउन, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको भर्ना अविलम्ब खोल्न पनि केसीले माग गरेका थिए ।