इटहरीः उपमहानगर क्षेत्र भित्र रहेका स्वास्थ्य क्षेत्रको संस्थागत क्षमता अभिवृद्धिका लागि स्वास्थ्य मन्त्रालयले इटहरीमा तालिम सुरु गरेको छ । तालिमपछि मन्त्रालयले तय गरेको स्वास्थ्य सस्थाहरुमा उपलब्ध गराउनु पर्ने न्यूनतम सेवा दिलाउने अपेक्षा गरिएको छ ।

देशका सात प्रदेशका सात ठाँउमा गर्न लागिएको तालिम अन्तर्गत प्रदेश नम्वर १ को इटहरीमा तालिम आयोजना गरिएको मन्त्रालयका स्वास्थ्य शिक्षा प्रशिक्षण प्रशासक सरोज न्यौपानेले बताए । तालिममा इटहरी स्थित सरकारी स्वास्थ्य सस्थाका प्रमुखहरु,ब्यवस्थापन समिति अध्यक्षहरु,इटहरीउपमहानगरका फाँट प्रमुख लगायतको सहभागिता छ ।

तालिममा अहिलेको अवस्था के छ र अव तीन बर्षमा कस्तो हुने छ ? इटहरीको स्वास्थ्य क्षेत्रको सुदृढिकरणको कार्ययोजना निर्माण गरिने छ । तालिमको उदघाटनका अवसरमा इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी,उपप्रमुख लक्ष्मी गौतम र प्रदेश नम्वर १ का स्वास्थ्य निर्देशक भोगेन्द्रराज डोटेलले यो तालिम पछि स्वास्थ्य सस्थाको क्षमता अभिवृद्धिमा प्रदेश नम्वर १ कै नमूनाको रुपमा इटहरी अघि वढने अपेक्षा ब्यक्त गरेका छन्।

स्वास्थ्य मन्त्रालय अन्र्तगत संचालित नेपाल स्वास्थ्य क्षेत्र सहयोग कार्यक्रमका प्रमुख सल्लाहकार कविराज खनालका अनुसार मन्त्रालयको टोली दुई हप्ता पछि इटहरी आउने छ । टोलीले प्रत्येक स्वास्थ्य सस्था पुगेर त्यहाँको सेवाको स्तर अध्यन गरेर मन्त्रालयले तयार गरेको स्तर कार्यावन्यन गराउन अध्ययन गर्ने छ ।