झापाः झापा गाउँपालिकाले चालु आर्थिक वर्षमा पालिकाभित्रका ७ वटा कच्ची सडक कालोपत्रे गर्ने जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चोलेन्द्र दङ्गालले चालु आर्थिक वर्ष २०७५÷७६ मा सडक कालोपत्रका लागि ७ करोड ७० लाख बजेट विनियोजन गरिएको बताए ।
उनका अनुसार वडा नं ६ र ७ लाई जोड्ने सडकका लागि २ करोड, ५ नं वडाका लागि १ करोड २० लाख, वडा नं ३ र ४ का लागि १ करोड १ लाख, वडा नं १ का लागि १ करोड ५० लाख र बाँकी अन्य सडकका लागि रकम विनियोजन गरिएको उनले बताए ।