प्रेम बास्तोला/सुशिला उप्रेती

पशुपतिनगरः तनाव व्यवस्थापन कसरी गर्ने भन्ने बिषय नै यतिबेला विश्वभरी  चुनौति बनेको छ । अझ तनाव व्यवस्थापन मात्र नभई यसबाट सदाका लागि मुक्ति नै कसरी पाउन सकिन्छ भन्ने महत्वपूर्ण बिषयको त यदाकदा चर्चा मात्रै हुने गरेको छ ।

तनावलाई व्यवस्थापन गरि सदाका लागि मुक्ति पाउनका लागि मानिसहरु लागि नपरेका पनि होइन् । बिभिन्न विधि नअपनाएका पनि होइनन् । तर विश्वभर नै हेर्ने हो भने तनाव व्यवस्थापन  गर्न नसक्दा धेरै मानिसहरुले अनाहकमै ज्यान गुमाईरहेका छन् । 

नेपालको सन्दर्भमा भन्नु पर्दा पछिल्लो समय बिबिध कारणले तनावको लेवल निकै माथि पुगिसकेको छ । अझ कोरोना कालपछिको आर्थिक मन्दीका कारण नेपालमा मानसिक तनाव थामिनसक्नु नै छ  । तनाव व्यवस्थापन गर्न नसकै कारण नेपालमा आत्मदाह जस्ता घटनाहरु पनि भईसकेका छन् । सामाजिक सञ्जालहरुको अनावश्यक प्रयोगका कारण खास गरि किशोर किशोरीहरुमा तनाव बढ्दै गएको छ  । फलस्वरुप आत्महत्या गर्नेहरुको संख्या हेर्ने हो भने उनिहरुकै बढी देखिएको छ । 

d97fbda3-b45f-4d96-8c43-33403847e915

परिवारभित्र, समाज भित्र, पार्टी भित्र र देश देश भित्र तनाव नै तनाव छ  । तनावलाई समयमै व्यवस्थापन गरि यसबाट मुक्त हुनका लागि तपाई, हामी र राज्यले नै नसोच्ने हो भने कालान्तरमा यसको अवस्था भयाभह हुने निश्चित नै छ । 

तनाव व्यवस्थापन गरि सदाका लागि मानिसहरुलाई तनावबाट मुक्ती दिलाउने महान उद्धेश्य राखेर इलामको सूर्योदय नगरपालिका वडा नम्बर २ मा सिद्धशक्ति योग धामको स्थापना गरिएको छ । सुदुरपूर्वको, त्यो पनि सूर्योदय हुने नै पालिकाबाट योगको माध्यमबाट मानिसलाई तनावबाट मुक्ती दिलाउने अभियानको सुरुवात भएको हो । 

0daf4c52-4c5f-440f-82e4-05c43b2c5167

करिब ३३ बर्ष महिला, बालबालिका हिंसा,मानवअधिकार , पुर्नःस्थपना र आय-आर्जनमा निःस्वार्थ भावनाका साथ काम गरेर आफ्नो जीवनको उर्जाशिल समय मानव सेवामै सर्मपण गर्नु भएकी रेणु शर्मा उप्रेतीको नेतृत्वमा सो अभियानको सुरुवात भएको हो । 

शर्मा लगायतको समूहले सूर्योदय नगरपालिकाको वडा नम्बर २ मा ६३ रोपनी जग्गा खरिद गरि सिद्धशक्ति योग धामको स्थापना गरेको हो । जडीबुटीहरुले भरिएको स्थानीय व्यक्तिहरुको जग्गा खरिद गरेर निर्माण गरिएको सो धाम योग पर्यटनको दृष्टिले पनि नेपालमै उत्कृष्ट योग पर्यटकीय स्थल बन्न पुगेको छ । 

6cb5168e-1126-4d16-a994-1bf5301c3d10

सो धामको यहि बैशाख ५ गते रामनवमीमा दिन औपारिक रुपमा उद्घाटन भई संचालन आएको छ । धाम भएकै सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले एक कार्यक्रमका बीच धाम उद्घाटन गरेसँगै औपारिक रुपमा धाम संचालन आएको हो । 

निकै नै शान्त र रमणीय स्थानमा रहेको धाम ३ करोड ८५ लाखबढीको लागतमा निर्माण भएको हो । एकै पटक १ सयभन्दा बढीले सिद्धशक्ति योग धाममा बसेर योग साधन र ध्यान गर्न सक्ने सिद्धशक्ति योग धाम संचालन समितिकी अध्यक्ष रेणु शर्मा उप्रेतीले जानकारी दिइन् । 

620ee201-0024-4cdc-a833-756612ad434a

तनावमा रहेका जो कोहीले यहाँ आएर योग साधन गर्न सक्ने शर्माले बताइन् । तनाव व्यवस्थापन मात्र गरेर नहुने यसबाट मुक्ती नै दिलाउनु पर्ने अवस्था आएकाले मुक्ती दिलाउनका लागि धामले ख्याती प्राप्त योग गुरु(साधक)हरुबाट आवश्यक योग गराउने उनले जानकारी दिइन् । धाममा आउनेहरुका लागि व्यवस्थित बसोबासको पनि व्यवस्थापन गरिएको छ । 

शर्मामा अनुसार धाम आउनेहरुलाई अष्टाङ्ग योग गराईने छ । धाम उद्घाटनसँगै ७ दिनको अष्टाङ्ग योग शिबिर चलिरहेको छ । शिबिरमा नेपालका बिभिन्न स्थानसँगै क्यानडाबाट पनि सहभागी भएको शर्माले बताइन् । धाम अब दिनहरुमा योग गर्नका लागि आउने पर्यटकहरुलाई नियमित रुपमा अष्टाङ्ग योग गराईने शर्माले जानकारी दिइन् । 

fa591f0b-389a-4108-9143-90e98414b49a

३६ प्रजातिका जडिबुटीले घेरीएको ६३ रोपनी क्षेत्रफलमा रहेको सिद्धशक्ति योग धाममा ध्यान गर्नका लागि तत्कालै ११ वटा एकान्तीहरु प्नि निर्माण गरिएको छ । प्रकृतिसँगै रमाउँदै ,हराउँदै आर्गेनिक खानेकुराहरु, जडिबुटीसँग साक्षात्कार गर्दै योग गर्न पाउने संचालक मध्येकी रत्नकला पराजुलीले जानकारी दिइन् । धाम नजिकै निरन्तर बगिरहने स साना पानीका छागाहरुबाट निस्केको आवाज, चराचुरिङ्गको आवजले धाम आउने जो कोहीलाई फरक खालको आन्नद दिने गरेको पराजुलीले बताइन् । धामलाई आउने दिनहरुमा थप विस्तार र व्यवस्थित गर्दै लैजाने योजना पनि रहेको पराजुलीले सुनाइन् । 

d5aa1603-3932-4a16-b013-99dffbb65b32

धाम  संचालन समितिकी अध्यक्ष शर्माका अनुसार अष्टाङ्ग योगलाई सूर्योदय नगरपालिकाबाट क्रमश देशका हरेक स्थानमा पुर्याउने लक्ष्य रहेको छ । त्यसका लागि पहिलो चरणमा ख्यातीप्राप्त योग गुरु(सधाक)हरुबाट केही व्यक्तिहरुलाई प्रशिक्षित गराई उनिहरुलाई नै देशभरी पठाउने योजना रहेको शर्माले जानकारी दिइन् । ती प्रशिक्षण प्राप्त व्यक्तिहरुलाई देशभरीका विद्यालयहरुमा पठाएर शिक्षकहरुलाई योग अभ्यास बारे अभ्यस्त बनाई विद्यालयमा नियमित रुपमा योग साधनाका कक्षाहरु संचालन गराउने लक्ष्य रहेको शर्माले सुनाइन् । जस कारण स्वस्थ्य, योग्य,संस्कारयुक्त जनशक्तिहरुको उत्पादन हुन सक्ने शर्माको भनाई छ । 

a201920a-d344-40b4-b55f-113b7664b113

मान्छे-मान्छे बीचमा द्धन्द्ध सृजना भएको छ । एक अर्कालाई सिद्धयाउन लागेका छन् । आर्थिक संकटले मानिसहरु निरासमा छन् । यस्तो अवस्थामा सिद्धशक्ति योग धाम स्थापना भई संचालनमा आउन नै बिशिष्ठ कार्य भएको संविधान सभा सदस्य अनिता परियारले बताइन् । अबको मानव समदायले चाहेको र गर्नु पर्ने बिशिष्ठ कार्यको सुरुवात  सिद्धशक्ति योग धामले गरेको उनले बताइन् । यसलाई देशभरी लैजान जरुरी रहेको उनले जोड दिइन् । उनले मानवकल्याणको उत्कृष्ट विधा मध्ये योग विधा भएको चर्चा गरिन् । 

05902a80-8348-41ee-863a-12aeeb1db312

सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले सिद्धशक्ति योग धाम आफ्नै पालिका भित्र स्थापना हुनुमा आफु लगायत नगरवासीहरु खुसी भएको बताए । नगरपालिका धामसँग हरेक कार्यहरुमा सहकार्य गर्न तयार रहेको उनले बताए । उनले धाम योग पर्यटनको उत्कृष्ट गन्तब्य भनिसकेको बताए । नगरपालिकाको समाजिक शाखा मार्फत सिद्धशक्ति योग धामले दिने संस्कार सहितको अष्टाङ्ग योग शिक्षालाई पालिकाभरीका विद्यालयहरुमा पनि लैजाने बताए । उनले देशभरका पालिकाहरुलाई पनि  धामसँग सहकार्य गर्न आग्रह गरे । 

स्थापना भई संचालनमा आएको सिद्धशक्ति योग धाम प्राकृतिक हिसाबले नै योग गर्न कै बनेको धाम क्षेत्रको स्थलगत भ्रमणपछि आफुले पाएको प्राडा.टोलनाथ काफ्लेले बताए  । 

b4aaaa22-0ea0-4dc0-aaa7-1885c10cf30c

सिद्धशक्ति योग धामबाट अन्य गन्तब्य पनि जान सकिने

कोशी प्रदेशको इलाम जिल्ला पर्यटकीय दृष्टिले त्यसैपनि महत्वपूर्ण जिल्लाका रुपमा विकास भईरहेको जिल्ला हो । अझ सिद्धशक्ति योग धाम भएकै सूर्योदय पालिका त कोशी प्रदेशभरी कै उत्कृष्ट पर्यटकीय नगरी भित्र पर्दछ । चिरपरिचित श्रीअन्तु, कन्याम,फिक्कल र पशुपति नगर यहि पालिका भित्र पर्छन् । यहि पालिका हुँदै इलामै सन्दकपुर, माइपोखरी मात्र नभई ताप्लेजुङ्गको पाथीभरा माताको मन्दिरसम्म यहि पािलकाको मार्ग हुँदै पुगिन्छ । धाममा आएर केही दिनको योग साधनापछि धामले ताप्लेजुङ्गसम्मको पर्यटकीय क्षेत्रहरुको भ्रमणका लागि आवश्यक ‘टुर प्याकेज’ बनाएर अगाडि बढ्ने योजना पनि रहेको अध्यक्ष शर्माले जानकारी दिइन् । 

3db622cd-4923-4d4b-b626-66ccee5210aa

यसरी पुगिन्छ सिद्धशक्ति योग धाम

काठमाडौंबाट हवाई जहाजबाट  आउनेहरुले सिँधै भद्रपुर एयरपोर्टको टिकट लिदा नि हुन्छ । त्यहाबाट सवारी साधनमा बिर्तामोड र चारआली हुँदै बुधबार तर्फ जानुपर्छ । बुद्धशान्ती गाँउपालिकाको बुधबारे हुँदै बर्नेको चिया बगानको रमणीय दृश्यहरुमा रमाउँदै झापा  र इलामको सिमा क्षेत्र जोरकलशबाट सिधै उकालो लागेपछि रोङ्ग गाँउपालिकामा रहेको पाथीभरा माताको मन्दिर दर्शन गर्दै हर्कटे हुँदै कन्याम पुगिन्छ । कन्यामको चियावारीमा एकै छिन रमाएर फिक्कल तर्फ लाग्नु पर्छ । फिक्कलबाट पशुपतिनगर तर्फ जाने सडकको यात्रा गरि बौद्धधाम गेटबाट हिलेधाप तर्फ लागेपछि इलामको सूर्योदय नगरपालिका वडा नम्बर २ मा रहेको सिद्धशक्ति योग धाम पुग्न सकिन्छ ।

d81e3814-0654-457d-9ad8-d2e356f0e9d6

काठमाडौंबाट विराटनगर एयरपोर्ट मार्फत आउनेहरुका लागि पनि इटहरीबाट बिर्तामोड र चारआली हुँदै धाम पुग्न सकिन्छ । काठमाडौंबाट सार्वजनिक बस मार्फत आउनेहरुका लागि काठमाडौं–पशुपतिनगरसम्म रात्री बसहरु संचालनमा छन् । सो बस मार्फत पनि सजिलै धाम पुग्न सकिन्छ । इलाम र फिक्कलसम्म जाने बसहरु पनि धेरै नै चल्छन् । दिवामा हायस र माईक्रो बसहरु पनि चल्ने गरेका छन् । जुन काठमाडौं, भक्तपुर, कांभ्रे , बनेपा र सिन्धुली खुर्कोटको मार्ग हुँदै आउँछन् । 

c71c4e4e-afd5-4d49-a05b-9b993a3c5edf

6e4de843-fbf6-4519-bf8f-367efc62c296

2b63b656-b365-4dc9-a5b3-ccdd1489e0b9

a08afb0f-0796-440e-96af-a6f85233b63b