झापाः कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले मौरीपालनका लागि सरकारले छुट्टै नीति निर्माण गर्ने बताएका छन् ।
नेपाल मौरीपालक महासङ्घको २० औँ वार्षिक साधारण सभाका अवसरमा हिजो झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा मौरीको चरनको क्षेत्रमा विषादी प्रयोग गर्नेलाई कारवाही गरिने उनले बताए ।
आयात न्यूनीकरण गर्नुका साथै स्वदेशी महलाई बजारीकरणमा सहयोग गर्न पनि उनले सरोकारवालालाई आग्रह गरे ।