फाइल तस्बिर

झापाः झापाका २ स्थानमा आगलागी हुँदा १२ लाख रुपैयाँबरारबको क्षति भएको छ ।

झापा गाउँपालिका–६ स्थित बलराम मुर्मूको घरमा मङ्गलबार आगलागी हुँदा ३ लाख रुपैयाँबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए । आगलागी हुँदा घरमा रहेको अन्नपात, लत्ताकपडा तथा नगद जलेको बताइएको छ ।

त्यस्तै, मेचीनगर–४ स्थित पाथीभरा टोलका राजकुमार माझीको घरमा आगलागी हुँदा ९ लाख बराबरको क्षति भएको छ । आगलागीबाट घरको सबै सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।