फाइल तस्बिर
इलामः इलामको फाकफोकथुम गाउँपालिका–१ खाम्वाङमा भएको आगलागीमा करीब ४० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

खड्गबहादुर तामाङको भान्छाकोठाबाट सल्किएको आगोले घर जल्दा किराना पसलको सामग्री, लत्ताकपडा, गरगहना, अन्नपात, अलैँची तथा नगद जलेर नष्ट भएको बताइएको छ ।

घरमा कोही नभएको समयमा आगलागी भएको बताइएको छ । आगलागी हुनासाथ स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिने प्रयास गरे पनि सम्भव नभएको बताइएको छ ।