धरानः “यति सजिलै संग डाक्टरलाई देखाउन पाउ“दा सारै खुशी लागेको छ, हामी वृद्धहरुलाई यति सुविधा दिएकोमा यो संस्थालाई धेरै धेरै धन्यवाद” इलामबाट मुटुसम्बन्धि रोग भएका ८१ वर्षीय लालबहादुर विश्वकर्मा भने । विगत ८ वर्ष अघिदेखि यिनी मुटु रोगबाट ग्रसित छन् । डा. प्रशान्तलाई देखाउन थालेपछि निक्कै सहज भएको यिनी बताउ“छन् । “मैले २ वर्षदेखि यो शिविरमा डा. प्रशान्तलाई देखाउन थालेको छु, दवाई पनि निःशुल्क पाउ“छु, सारै खुशी लागेको छ ।” विश्वकर्माले भने । 

त्यसैगरि सुनसरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विजय डा“गाले यति सजिलोसंग डाक्टरलाई देखाउन पाएकोमा खुशी व्यक्त गरे । “म डा. साबको रेगुलर पेसेन्ट हु, परिवर्तनका लागि सामाजिक अभियानले यो शिविरको आयोजना गरेकोमा धन्यवाद” डा“गाले भने । 

विगत ३ वर्षदेखि परिवर्तनका लागि सामाजिक अभियानले निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिकको आयोजना गरिरहेको छ । अभियानले धरानका विभिन्न वडाहरुमा र धरान बाहिर पनि धेरै स्थानमा स्वास्थ्य क्लिनिक आयोजना गरिसकेको छ । 

3

अभियानका अध्यक्ष विष्णु बरालका अनुसार पूर्वको झापा गाउ“पालिका देखि इनरुवा सम्मका धेरै ठाउहरुमा यो क्लिनिक आयोजना गरिसकेको छ । करिब ६००० जनाको स्वास्थ्य जा“च गरिसकेको यस शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रशान्त शाहले स्वास्थ्य जा“च गर्ने गर्दछन् । मुटुरोग, उच्च रक्तचाप र मधुमेह सम्बन्धिका विरामीहरुको स्वास्थ्य जा“च गरिने यस शिविरमा सुगर टेष्ट र औषधि पनि निःशुल्क रुपमा वितरण गर्ने गरिएको छ । 

वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्टाफ नर्सहरु निशा श्रेष्ठ, उषा चौधरी, रमला गुरागाईं, रेनुका चौधरी, निर्मला बास्तोला, एलिना केसी, श्वेता भण्डारी र धरान उपमहानगरपालिकाका वडा नं. १२ मा कार्यरत स्टाफ नर्स चेतना परियारले यस शिविरमा क्रमैसंग स्वयम् सेवा समेत प्रदान गर्ने गरेका छन् । स्टाफ नर्सहरुले रक्तचाप परिक्षण र सुगर टेष्ट गर्ने गर्दछन् । शिविरको शुभारम्भ देखि हालसम्म पनि शुशिर बराल यस शिविरको संयोजक रहेका छन् । 

1

निकै नै व्यस्त रहेका डा. प्रशान्त शाह यस शिविरमा स्वास्थ्य जा“च गर्न पाउ“दा निक्कै नै हर्षित देखिन्छन । “शनिवारको दिन परिवारलाई दिने समय छोट्याएर पनि समाजसेवा गर्न पाउ“दा मन आनन्दित हुन्छ” डा. शाह बताउ“छन् । धरान, चतरा, इटहरी, झापा, इनरुवामा सम्पन्न भईसकेको यस शिविर विभिन्न संस्थाहरुसंग सहकार्य गरेको आयोजना गर्ने गरिएको अध्यक्ष बरालले बताए । 

५८ औं संस्करण धरान उच्चमा

यसै गरि यस शिविरको ५८ औं संस्करण धरान उच्च माविसंगको सहकार्यमा सम्पन्न भएको छ । ८८ जना बिरामीहरुको स्वास्थ्य परिक्षण गरिएको यस शिविरमा निःशुल्क सुगर जा“च र औषधि वितरण समेत गरिएको थियो । धरान उच्च माविका पूर्व प्राचार्य राजविमल श्रेष्ठले अभियानसंग सहकार्य गर्न पाएकोमा हर्ष व्यक्त गरेका थिए । “यो शिविरले निरन्तरता पाओस् भन्ने शुभेच्छा व्यक्त गर्दछु” श्रेष्ठले भने । 

मोहन श्रेष्ठ, वर्षा श्रेष्ठ, हेम ढकाल, जेनिश शाक्य, शिशिर बराल लगायतका अभियान्ताहरुको सहभागिता रहेको शिविरमा स्टाफ निशा श्रेष्ठ र रेनुका चौधरीले रक्तचाप र सुगर परिक्षण गरेका थिए ।