पाँचथरः प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले जिल्ला विकास समिति पाँचथरका पूर्वसभापति हरिशचन्द्र नेम्वाङकी धर्मपत्नी हंसरानी नेम्वाङको निधनमा दुःख व्यक्त गरेको छ ।

काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मङ्गलबार विज्ञप्ति जारी गरी ९२ वर्षीय नेम्वाङको निधन भएकोमा दुःख व्यक्त गरेका हुन् । काङ्ग्रेसकी सक्रिय सदस्य स्व. नेम्वाङले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको विज्ञप्तिमा उल्लेख छ । स्वर्गीय नेम्वाङका ३ जना छोरा र २ जना छोरी छन् ।