इटहरीः मोरङको सुन्दरहरैंचा–६ की ५३ वर्षीया जीतमाया लिम्बूको पैनीमा डुबेर मृत्यु भएको छ । मादक पदार्थ सेवन गरेर घर नजिकैको पैनीमा लडेकी लिम्बूको डुबेर मृत्यु भएको बताइएको छ ।

प्रहरी चौकी गछियाका अनुसार पैनीमा डुबेर मृत्यु भएको अवस्थामा आज बिहान उनको शव फेला परेको थियो ।