सोलुखुम्बुः अनुदान पाएको रकम सोलुखुम्बुका भूकम्पपीडितले धमाधम फिर्ता गर्न थालेका छन् ।
तत्काल घर निर्माण गर्न नसक्ने भन्दै उनीहरूले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई नै अनुदानको पहिलो किस्ताबापतको रकम फिर्ता गरेका हुन् । पहिलो किस्ताबापत लगेको ५० हजार फिर्ता गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ सोलुखुम्बुले जनाएको छ ।
अहिलेसम्म सोलुखुम्बुमा अनुदान रकम फिर्ता गर्ने ३ जना रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ सोलुखुम्बुले जनाएको छ ।