काठमाडौंः एभरेष्ट जुडो क्वलका अध्यक्ष दावा गेल्जेन शेर्पाले सगरमाथाको सफल आरोहण गरेका राष्ट्रिय खेलकुद परिषद्ले बधाई र शुभकामना दिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले शेर्पालाई बधाई दिदै खेलकुद क्षेत्रबाट पनि विश्वको सर्वोच्च शिखर आरोहण गरेकोमा खुशी व्यक्त गरे ।

मे २२ का दिन चुचुरोमा पुग्नु भएका शेर्पाले राष्ट्रिय खेलकुद परिषद्को लोगो सहितको झण्डा फहराएका थिए । उनले सगरमाथाको चुचुरोमा फहराएको परिषद्को भण्डा सदस्य–सचिव घिसिङलाई हस्तान्तरण गरे। गेल्जेनको अभियनले खेल पर्यटनलाई समेत टेवा पुग्ने सदस्य सचिव घिसिङले बताए ।

वेसक्यापबाट चार दिनमा चुचुरोमा पुगेर फर्केका शेर्पालाई काठमाडौंदेखि काठमाडौं फकर्न २८ दिन लागेको थियो । जुडोका पूर्व खेलाडी समेत रहेका शेर्पाले खेलकुदको क्षेत्र सगरमाथा चुचुरो सम्म नै छ भन्ने सन्देश दिन आफूले झण्डा लगेको जानकारी दिए

सगरमाथा प्रर्दुषण नियन्त्रण समितिका उपाध्यक्ष समेत रहेका गेल्जेनले हिमालको फोहर व्यवस्थापनका लागि खेलकुद क्षेत्रको पनि भूमिका हुन्छ भन्नका लागि चुचुरोमा खेलकुदको झण्डा फहराएको बताए ।