विराटनगरः मदिरा व्यवसायी सङ्घ मोरङले वार्षिकोत्सवको अवसरमा पूर्वाञ्चल अनाथ आश्रम विराटनगरका बालबालिकालाई खाना खुवाउनुका साथै कम्प्युटर तथा खेलकुदका सामग्री प्रदान गरेको छ ।
आश्रममा रहेका ८० बालबालिका र वृद्धवृद्धालाई खाजा, खाना खुवाउनुका साथै फुटबल र ब्याडमिण्टन प्रदान गरिएको बताइएको छ । सङ्घको ११ औँ वार्षिकोत्सवको अवसरमा आश्रम परिसरमा भएको रक्तदान कार्यक्रममा ६० पिण्ट रगत सङ्कलन भएको सङ्घले जनाएको छ ।
विगतका वर्षमा होटल र पार्टी प्यालेसमा रमाइलो कार्यक्रम गरी मनाइने गरेकोमा यस वर्षदेखि समाजमा केही गरौँ भन्ने उद्देश्यले आश्रमलाई सहयोग गरी मनाइएको बताए ।