धनकुटाः पहिलो पटक धनकुटामा धार्मिक महोत्सव हुने भएको छ ।
‘असहाय र अशक्तको लागि योगदान, समाज परिवर्तनको लागि महापुराण भन्ने मूल नाराका साथ स्थानीय नर्वदेश्वर मन्दिरमा महोत्सव शुरु गर्न लागिएको हो । श्रीमद्भागवत तथा गौ संरक्षण केन्द्र भक्तपुरको १०८ राष्ट्रव्यापी महापुराण अभियान अन्तर्गत १०२ आँै महापुराण यही माघ १ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने छ ।
आयोजकले पत्रकार सम्मेलन गरी सो जानकारी दिएको छ । कार्यक्रममा कथा वाचन एवम् राष्ट्रिय कलाकारद्वारा भजनका साथै एकै पटक २७ जना ब्राह्मणबाट कथा वाचन हुने जनाइएको छ ।
कार्यक्रममा सङ्कलन भएको रकम कार्यक्रमको खर्च कटाएर धर्मशाला निर्माण, विवाह मण्डप र सभाहल निर्माणमा प्रयोग गरिने बताइएको छ । पुराणमा सङ्कलन भएको खाद्यान्न भने वृद्धाश्रम र अनाथालयलाई हस्तान्तरण गरिने धनकुटा धार्मिक महोत्सव मूल व्यवस्थापन समितिका अध्यक्ष टीकाप्रसाद घिमिरेले बताए ।