शुसिला उप्रेती
इटहरीः बजेट तर्जुमाको न्यूनतम मापदण्ड, सिद्धान्त र कानून विपरित लहज, आबेग र उत्तेजनामा रातको साढे १० बजे २० जानको उपस्थिीमा इटहरी सरकारले आगामी बर्षका लागि बजेट ल्याएको जनाउँदै इटहरी उपमहानगरपालिकाकी उपमेयर संगीताकुमारी चौधरीले बजेट पुनः लेखनगरी नगरसभामा पेश गर्न माग गरेकी छन् ।
उपमेयर चौधरीको निजि सचिवालयको लेटर प्याडमा उपमेयर चौधरीले बिहिबार प्रेश विज्ञप्ती प्रकाशित गर्दै सो माग गरेकी हुन् ।
बजेट ल्याउनु अघि इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत र नगर प्रमुखलाई आम्दानीका श्रोत निर्धारण समितिको बैंठक राखेर बृहत्त छलफल गराई आम्दानीका श्रोतहरुको निश्चिततापछि मात्र बजेट ल्याउन पटक पटक आग्रह गर्दा वेवास्था गरी आगामी बर्षका लागि झण्डै ९० करोड घाटा बजेट जबरजस्त ल्याएको उपमेयर चौधरीले विज्ञप्तीमा दावी गरेकी छन् ।
घाटा बजेट नल्याउन गरिएको आग्रहलाई वेवास्था गरेपछि गत सोमबार बजेट सार्वजनिक गर्ने स्थलबाट एमालेबाट निर्वाचित उपमेयर सहित बहुमत सदस्यहरुले इटहरीको नगरसभा छोडेर हिँडेका थिए । एमालेका बहुमत सदस्य नगरसभाबाट निस्केपछि मेयर हेमकर्ण पौडेल दलबल सहित बजेट सार्वजनिक स्थल तर्फ पुगेका थिए । नगर प्रमुख पौडेलले पेलेरै २० जनाको सहभागीतामा नगरका प्रवक्ता समेत रहेका कांग्रेसकै तर्फबाट निर्वाचित वडा नम्बर ६ का वडाध्यक्ष दिवस पोख्रेलले बजेट पढेर सार्वजनिक गरेका थिए ।
बजेट पुनः लेखन गरि नगरसभामा पेश नगरे सोमबार २० जनाको सहभागीतामा निति, नियम र पद्धती विपरित ल्याएको घाटा बजेट पास गर्न नै नदिने चेतावनी उपमेयर चौधरीले प्रेश विज्ञप्ती मार्फत दिएकी छन् । उनले त्यसबाट उत्पन्न परिस्थितीको सामना आफै गर्न पनि विज्ञप्ती मार्फत भनेकी छन् ।
सोमबार बजेट सार्वजनिक गर्ने पचरुखी स्थित लायन्स हल अगाडि इटहरी उपमहानगरका कर्मचारीहरु टेबल टेबलमा उपस्थिी माइनो पुस्तिका बोकेर सहभागी जनप्रतिनिधि र कार्यपालिका सदस्यहरुलाई एक÷एक वटा डायरी बाँड्दै सही गराएका थिए । त्यही सहिलाई आधार मानेर बजेट सार्वजनिक गरिएको र त्यसैको आधारमा जबरजस्त पास गर्न खोजिएको एमालेका जनप्रतिनिधिहरुको भनाई छ । बजेट सार्वजनिक स्थल परिसरमा केही जनप्रतिनिधिहरु नगर प्रमुख पौडेल मनपरी बढेको भन्दै माइनो च्यात्न खोजेको भिडियो सामाजिक सञ्जाल मार्फत सार्वजनिक पनि भएको थियो ।