झापाः झापा गाउँपालिकामा रहेको बर्थिङ सेन्टरले चालू आर्थिक वर्षको छ महीनामा २१ महिलालाई प्रसूति गराउन सफल भएको छ ।

६ महिना अघि गाउँपालिकाकै स्वास्थ्यचौकीको एउटा कोठाबाट सेवा दिन शुरु गरेको सेन्टरले २१ जनाको प्रसूति गराएको हो । झापाकै दुर्गम स्थानीय तहको रूपमा रहेको झापा गाउँपालिकाका गर्भवती महिला स्वास्थ्य जाँच गर्न र प्रसूति गराउन दमकको आम्दा अस्पताल र भद्रपुरको मेची अञ्चल अस्पताल पुग्न बाध्य थिए ।

मुस्लिम र आदिवासी बाहुल्य बसोबास रहेको झापा गाउँपालिकामा बर्थिङ सेन्टर सञ्चालनसँगै स्वास्थ जाँचका लागि आउने गर्भवतीको सङ्ख्या बढको बताइएको छ ।

चौबिसै घण्टा सेवा प्रदान गर्दै आएको सेन्टरमा दुई अनमी र एक अहेब छन् । बर्थिङ सेन्टरमा कर्मचारी अपुग हुँदा काम गर्न समस्या भइरहेको अहेब कमल प्रसाईं बताउँछन् ।