इटहरीः चार दिनदेखि बेपत्ता  शिक्षण पेशा संँगै साहित्य क्षेत्रमा खोज अनुसन्धान र समालोचनामा आफ्नो अलग्गै स्थान बनाईसकेका इटहरी निवासी प्रा.डा. रामजी तिम्सिना अवस्था अझै पत्ता लाग्न सकेको छैन् । प्रहरीले उनको खोजीका लागि सबै खालका प्रयास गरि टोलीहरु नै परिचालन गर्दापनि डा. तिम्सिनाको अवस्था अझै पत्ता नलागेको हो । 

मंगलबार दिउँसो आफ्नो फेसबुक एकाउन्टमा एउटा स्टाटस पोष्ट गरेका तिम्सिना बुधबार बिहानबाट एकाएक वेपत्ता भएका हुन् । बुधबार ८ बजेर १८ मिनेट पछि घरबाट बाहिर निस्केका डा. तिम्सिना शनिवार बेलुकासम्म पनि फेला पर्न सकेका छैनन् ।  बुधबार बिहानदेखि बेपत्ता उनको कोठामा एउटा चिर्कटो पाइएको प्रहरीले जनाएको छ  । जसमा ‘म बराहक्षेत्रमा जलसमाधि लिदैँछु । अलबिदा । मिति २०८१।०३।१९ बुधबार बिहान ४ः१८ बजे’ लेखिएको छ । 

fee11765-e3cd-4562-9ed5-f8ed42b9181e

त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक डा .तिम्सिना इटहरीको कोशी कलेज र धरानको महेन्द्र क्याम्पसमा अंग्रेजी बिषयमा प्राध्यापन गराउँदै आएका थिए । 

आफु सवारी साधन प्रयोग नगर्ने तिम्सिना सधैभरी नै सार्वजनिक यातायातमा हिँडडुल गर्दथे । उनले बोक्ने मोबाइलमा सम्पर्क गर्दा बिहिबार अबेरसम्म फोनको रि गईरहेको थियो । प्रहरीका अनुसार उनले बोक्ने मोबाईल नम्बरको लोकेशन ट्रेस गर्दा बराहक्षेत्र आसपास देखाएकाले् सोही क्षेत्रमा खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ । उनी कुन अवस्था छन् भन्ने कुरा वेपत्ता भएको ४ दिनमा पनि पत्ता नलागेपछि परिवार र उनका साथीभाई आफन्तहरु चिन्तामा परेका छन् । 

साहित्य र प्राध्यापन क्षेत्रबाट उनलाई चिन्नेहरुले शकुसल घर फर्कर्ने आशा राखि सामाजिक सञ्जालमा स्टाटस पोष्ट गरेका छन् ।