इटहरीः रातभर भारी बर्षा भएका कारण खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने जनाउँदै जल तथा मौसम विज्ञान विभागले इटहरीबासीलाई सर्तक रहन अनुरोध गरेको छ ।

मंगलबार बिहान साढे ६ बजे सूचना जारी गर्दै विभागले यस्तो अनुरोध गरेको हो ।

विभागका अनुसार पछिल्लो ३ घन्टा सुनसरीको चतरा, धरान, ईटहरी, मोरङको केरावारी, लेटाङ, हरैँचा, भाउन्ने र आसपास भारी बर्षा भएको र थप हुने देखिएकाले सेउती,सर्दु, सुनसरी खोला, बुढी, खेसलिया, लोहन्द्रा खोला, चिसाङ लगायत सुनसरी मोरङ भई बहने  साना खोला आकस्मिक बाढी हुन सक्ने जनाएको छ ।

विभागले सो क्षेत्रका बासिन्दाहरुलाई मंगलबार(आजं) १२ बजेसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो ।