इटहरी: निमाेनियाको उपचारका क्रममा बुधबार मातृशोकमा परेकी प्रदेश १ की सांसद उषाकला राई कपाल मुन्डन गरेर किरिया बसेकी छिन। ७५ बर्षे आमा लक्ष्मी राईको काठमाडौको ग्रान्डी अस्पतालमा मृत्यु भएपछि राई आफै किरिया बसेकी हुन् ।

जन्म दिने आमा लक्ष्मी राईबाट दाजुभाइ नभएकी सांसद राई आँफै कपाल मुण्डन गरेर आफ्नो परम्पराअनुसार किरिया बसेकी छिन् । काठमाडौमा किरिया बसेकी राई ५ दिनमा जन्मघर खोटाङ आउने परिवारले बताएको छ । 

आमाको मृत्युको एक दिन पछि आज अपराह्न एक फेसबुक पोस्ट गर्दै साम्सद राईले आमासग माफी मागेकी छिन । उनले लेखेकी छिन, "आमा बचाउन सकिन । माफी माग्छु।" संविधानसभा सदस्य समेत भएकी राईले आफ्नि आमाको किरिया बस्न कपाल मुन्डन गरेर किरिया बस्ने हिम्मत गरेको भन्दै सामाजिक संजालमा प्रशंसा भएको छ ।

प्रशंसा गर्नेमा प्रतिनिधिसभाका सदस्य तथा पूर्व कानुन मन्त्री शेरबहादुर तामाङ पनि छन् । छोरी भएर छोराले गर्ने भनेको काम आफै अग्रसर भएर गरेको भन्दै राईको तारिफ गर्नेहरू सामाजिक संजालमा बढेका छन् ।