इटहरीः इटहरी सरकारले विपद् व्यवस्थापनका नाममा खोलाका झारपात निकाल्ने र डुबानपछि राहतका नाममा बजेट सक्ने बाहेक इटहरीलाई सदाका लागि डुबानबाट जोगाउन ठोस योजना ल्याउन नसकेको नेकपा एमाले इटहरी नगरका नवनिर्वाचित अध्यक्ष रुपेश बस्नेतले बताएका छन् । 

प्रदेश पोर्टल डटकमसँग कुराकानी गर्दै एमाले इटहरी नगर अध्यक्ष बस्नेतले इटहरी नगरसरकारमा आफ्नो दलपनि सहभागी भएकाले त्यसको जिम्मेवारी नैतिक हिसाबले आफुले पनि लिएको बताए । उनले दलिय आग्रह पुर्बाग्रह त्यागी आजकै दिनबाट इटहरीलाई डुबान मुक्त बनाउनका लागि बृहत्त गुरुयोजना निर्माण गरि दिर्घकालिन समाधानका लागि  सरोकारवाला सबै पक्षसँग अपिल पनि गरेका छन् । 

अध्यक्ष बस्नेतले  इटहरी सरकारले कुनै अध्ययन, अनुसन्धान र सम्बन्धित बिज्ञको सल्लाह बिना नै इटहरीका खोला, पैनी सरसफाइका नाममा जथाभावी जमिनको सतह खन्दा पनि  मंगलबार इटहरी डुबेको दावी गरेका छन् । 

6b746530-c7db-4bbe-a84d-885f08ceb939

जथाभावी डोजर लगाएर खन्दा पानीको बहावले कमजोर खेती योग्य जमिन बगाउँनुका साथै बस्तीका घरहरुमा क्षति पुर्याएको उनले बताए ।  टेङ्ग्रा खोलाको हकमा बलौटे माटो भएको र खोला सफागर्ने नाममा जथाभावी डोजर लगाउँदा  विगतको भन्दा खोलाको सतह अत्यन्तै गहिरो भएकाले पनि  कटान बढी भएको उनको भनाई छ ।

  बर्षातको मुखैमा इटहरी सरकारले टेंग्रा करिडोर बनाउने नाममा  ढुङ्गाको तारजाली लगायत घर भत्काउने कार्यले पनि यस बर्ष क्षती वृद्धि भएको उनले बताए । जल तथा मौसम विज्ञान विभागले यो बर्ष असोजसम्म बर्षा हुने प्रक्षेपण गरेकाले अबका दिनमा के कस्तो खोलामा आउने बाढीले क्षति गर्छ भन्ने अनुमान मंगलबार इटहरीका खोलामा हुँदै बस्ती र औधोगिक क्षेत्रमा पसेको बाढीको क्षतिले स्पष्ट बनाईसकेको उनले बताए । 

उनका अनुसार सोमबार रातीदेखि परेको निरन्तर अबिरल वर्षाको कारण इटहरी क्षेत्रका अधिकाश वडाहरु जलमग्न भएका छन् ।  गाउँ, बस्ती, टोलका आर्थिक रुपले बिपन्न गरिबका घर टहरा डुबानमा परेका छन् ।  खोला आसपासका धेरै खेती योग्य भु—भाग कटानमा परेको अध्यक्ष बस्नेतले जानकारी दिए । 

मंगलबारको बाढीले इटहरी . वडा न.१२ र १३ मा मात्रै ७ घर परिवार पुर्ण रुपमा भएका छन् भने ६ वटा पुल बगाएको जानकारी आफुलाई प्राप्त भएको अध्यक्ष बस्नेतले बताए । 

हरेक बर्ष इटहरीबासी नागरिकले यस प्रकारको समस्या झेल्दा पनि इटहरी सरकार मौन र योजना बिहिन भएको उनको आरोप छ ।