त्य तथ्य चाँडै सार्वजनिक गरी दोषीलाई कानूनी कार्वाहीको दायरामा ल्याउन अधिकांशको माग 

इटहरीः टहरी अस्पताल सुधार र स्तर उन्नतीका नाममा व्यपाक भ्रष्टाचार भईरहेको दावी सहित इटहरी उपमहानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष जितेन्द्र थापाले फेसबुकमा स्टाटस लेखेपछि यतिबेला सामाजिक सञ्जाल तातेको छ । 

नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित थापा केही अघिमात्र सम्पन्न एमालेको इटहरी उपमहानगर अधिवेशनबाट निर्वाचित उपाध्यक्ष पनि हुन् । 

थापाले शनिवार आफ्नो फेसबुकमा त्यस्तो स्टाटस लेखेपछि सामाजिक सञ्जाल तात्नुका साथै इटहरी नगरभरी खैलाबैला नै भएको छ । उनले भरखरै निर्वतमान भएका इटहरी खानेपानीका अध्यक्ष रामप्रसाद चौलागाई सहित ६४ जनालाई ट्याग गरी स्टाटस पोष्ट गरेका छन् । 

थापाले पोष्ट गरेको स्टाटसमा इटहरी अस्पातलमा व्यापक भ्रष्टाचार भईरहेको र क्रमश त्यसलाई सार्वजनिक गरिने उल्लेख गरेका छन् । 

f473f81a-5a61-4351-9c2b-9ec023041369

स्टाटसमा उनले इटहरी अस्पतालको कुन कुन कार्यमा कसरी ? को को मिलेर भ्रष्टाचार गरिरहेका छन् ? भन्ने कुरा चाँही खुलाएका छैनन् । इटहरी नगरको नगरसभा बस्ने अघिल्लो दिन उनले यस्तो स्टाटस लेखेका हुन् । 

उनले स्टाटस लेखेपछि चौलागाईले हो, सुनिदै छ भनेर प्रतिक्रिया जनाएका छन् । इटहरीकै अगुवा युवा युवराज काफ्लेले १५ जना वडाध्यक्ष र बहुमत सदस्य एमालेबाट निर्वाचित भएकाले कतिन्जेल साक्षी बस्नुहुन्छ ? भन्ने प्रश्न गर्दै  आवाज दिनुहोस् आजाव, हामी साथ दिन्छौं भनेका छन् । 

एमालेकै युवा नेता मनोज कुमार रायले यो चाँडै सार्वजनिक गर्नु परो भन्दै प्रतिक्रिया जनाएका छन् । एमालेकै नेता कृष्णप्रसाद भट्टराईले फेसबुकमै प्रतिक्रिया दिँदै बल्ल ठिक ठाँउमा अध्यक्षको नजर पुगेछ । मेशिन खरिद र औषधीको ठेक्कामा पनि नजर होस् भनेका छन् । 

तिर्थ लुईटेलले खोज्न हामीले तपाईलाई पठाएका छौं । जसरी नि पत्ता लगाउनुहोला भनेर प्रतिक्रिया जनाएका छन् । 

नेकपा एसका नेता रमेश खत्रीले सुन्ने सुनाउने मात्रै हैन कार्वाहीको दायरामा भित्र ल्याउन माग गरेका छन् । उनले थापाले लेखेको स्टाटसमा प्रतिक्रिया दिँदै इटहरी अस्पतालमा मात्र नभई बिभिन्न सामाजिक संघ संस्थामाथि पनि गहिरो अध्ययन गर्न जरुरी रहेको औल्याएका छन् । एमएन दाहालले अस्पतालमा सुविधा केही नभएको सानो डे«सिङ गरेको मात्रै आफुले १ हजार ३ सय तिर्नु परेको उल्लेख गरेका छन् ।

एमालेकै मजदुर नेता गौरी लामाले प्रतिक्रिया दिँदै अस्पताल भएको वडाको अभिभावक आफै भएकाले सत्य तथ्य बाहिर ल्याएर कार्वाहीका लागि प्रमाण सहित अख्तियारमा मुद्धा दायर गर्न अनुरोध गरेका छन् ।

30761a3f-16e6-49c9-89a7-ee20a376eab9

राम अधिकारीले थापाको स्टाटसमा प्रतिक्रिया दिँदै सार्वजनिक गर्नु नि किन ? कि बार्गेनिङ हो तपाईको पनि भनेर प्रश्न गरेका छन् । 

इटहरी भेटघाट चौंक निवासी युवा रविन घिमिरेले मिडिया राखेर प्रमाण सहित सार्वजनिक सुनुवाई कार्यक्रम कुनै एउटा खुल्ला मैदानमा गर्न थापालाई सुझाव दिएका छन् । 

नकुल नेवाहाङ्ग राईले वडाध्यक्ष थापाले लेखेको स्टाटसमा प्रतिक्रिया जनाउँदै इटहरी अस्पतालमा गुणस्तरीय उपचार भन्दा राजनिति र चाकडी ज्यादा हुने गरेको उल्लेख गरेका छन् । 

राजन अधिकारीले थापाको स्टाटसमा प्रतिक्रिया दिँदै इटहरी अस्पतालले प्रदान गर्ने औषधीमा पनि चरम लापार्वाही रहेको उल्लेख गरेका छन् । 

इटहरी ३ शान्तिझोडाका युवा भविन आर्चायले थापाको स्टाटसमा प्रतिक्रिया दिँदै सत्यतथ्य कुरा सार्वजनिक गरे आफुहरुको पनि साथ रहने उल्लेख गरेका छन् । 

दिपेन्द्र न्यौपानेले प्रतिक्रिया दिँदै यो बिषय छिट्टै सार्वजनिक गर्नु पर्ने जनाउँदै अस्पतालका लागि भन्दै बिभिन्न उपकरण खरिद मात्र लाग्नु कारण यस्तै होला भनेर उल्लेख गरेका छन् । 

कृष्ण घिमिरेले थापाको स्टाटसमा प्रतिक्रिया दिँदै व्यापक भ्रष्टाचार भईरहेछ भने तत्काल सार्वजनिक गर्ने हो , न कि सामाजिक सञ्जालमा स्टाटस राख्ने ? यसरी स्टाटस राख्नु बार्गेनिङ्ग मात्र हो भनेका छन् ।

cfd48ed5-2ca3-4bc8-aebd-5a5cbbeaed92

वडाध्यक्ष थापाको स्टाटसमा प्रतिक्रिया दिँदै मदन कार्कीले इटहरी अस्पताल भ्रष्टाचारको अखडा बनेको दावी गर्दै यसलाई चाँडै पर्दाफास गर्न जरुरी रहेको उल्लेख गरेका छन् । 

इटहरीका एमालेका एक युवा नेताले वडाध्यक्ष जस्तो व्यक्तिले फेसबुकमा चार लाईन स्टाटस लेख्ने होइन, कहाँ कहाँ के के मा भ्रष्टाचार भएको हो । त्यसमा कस कसको संलग्नता छ त ? सबै प्रमाण सहित नगरबासीलाई स्पष्ट हुने गरे पत्रकार बोलाएर सार्वजनिक गर्ने हिम्मत थापाले राख्नु पर्ने बताए । उनले स्टाटस मात्र लेखेर पार्टीको नगर उपाध्यक्ष समेत भईसकेका थापाले आफ्नो साख हटाउन नहुने बताए । 

थापाले नगरको कार्यपालिका बैंठकमा पनि यी कुरा प्रमाण सहित पेश गरेर अगाडि बढ्ने ठाँउ रहेकाले जसरी सामाजिक सञ्जालमा स्टाटस लेख्नु भयो त्यसरी नै हिम्मत गरेर पेश गर्न सक्नु पर्ने ती युवा नेताले बताए । थापाले हिम्मत गरे इटहरीका सारा युवाहरुले उनको अभियानलाई साथ दिने उनले जनाए ।