इटहरीः आज( आइतबार) इटहरी उपमहानगरपालिकाले राखेको नगरसभा हुन सकेन ।
नेकपा एमालेले बजेट संशोधन गर्नु पर्ने अडान कायमै राखी आइतबारको नगरसभामा सहभागी नभएपछि भोली(सोमबार) सम्मका लागि स्थगीत भएको छ ।
केही समय बसेर इटहरी नगरसभा स्थगीत गरिएको हो । केही बेर बसेको नगरसभामा मेयर हेमकर्ण पौडेल सहित कांग्रेसबाट विजयी जनप्रतिनिधि र कार्यपालिका सदस्यमात्रै सहभागी थिए । नगरसभामा बिषेश समय माग गरी इटहरी २० का वडाअध्यक्ष मणिराम श्रेष्ठले इटहरी हितका लागि भोली(सोमबार) दिउँसो २ बजेबाट बस्ने नगरसभामा सहभागी हुन एमालेका जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।
श्रेष्ठको सम्बोधनपछि मेयर पौडेलले आफ्नो धारणा राखेका थिए । त्यसपछि नगरसभा सोमबार बिहानसम्मका लागि स्थगीत गरिएको थियो ।
नेकपा एमालेले दुई दिनअघि मात्रै संशोधन सहित ३ अर्ब ८ करोडको बजेट इटहरी सरकारलाई बुझाएको थियो । इटहरी सरकारका प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहताले तोक लगाएपछि संशोधन सहितको बजेट प्रस्तावलाई दर्ता हुनबाट नगरप्रमुख( मेयर) हेमकर्ण पौडेलले रोकेका थिए ।
मेयर पौडेलले आइतबार नै ३३ प्रतिशत सदस्य संख्या पुर्याएर नगरसभाबाट वडाध्यक्ष दिवस पोख्रेलले पेश गरेको बजेट पास गर्ने योजनामा थिए । तर उनको सबै योजना थाहा पाएको नेकपा एमालले इटहरी सरकारमा सहभागी आफ्ना बहुमत सदस्य वडाध्यक्ष, सदस्यहरु र कार्यपालिका सदस्यहरुलाई कडा निर्देशन दिएपछि आइतबार ढाकिएको नगरसभामा कोही पनि सहभागी भएनन् ।
पार्टी ह्वीप र निर्देशन विपरित मेयर पौडेलले यथास्थितीमै डाकेको नगरसभामा सहभागी भए कडा कार्वाही गर्ने चेतावनी नगर अध्यक्ष रुपेश बस्नेतले दिनुका साथै सबैको निगरानी गरेका कारण एमालेका जनप्रतिनिधिहरु सहभागी नभएका हुन् ।
आइतबार दिउँसो ३ बजेका लागि नगरसभा बोलाइएको थियो । नगरसभा बस्नुअघिसम्म मेयर पौडेलले बिभिन्न माध्यमबाट एमालेलाई फकाउने कोसिस गरेका थिए । तर सफल नभएको स्रोतले दावी गरेको छ । ३ बजे बस्न नसकेपछि ५ बजेका लागि नगरसभा सारिएको थियो । ५ बजेपछि पनि नगरसभामा एमालेबाट सहभागी नहुने भएपछि स्थगीत गरिएको थियो ।
मेयर निकट स्रोतका अनुसार एमालेसँग सघन छलफल चलिरहेकाले संभवत भोलीसम्ममा बजेट पास हुन्छ ।
नगरमा कालो झण्डा प्रर्दशन गर्ने चेतावनी
आइतबार ३ बजेका लागि बोलाइएको इटहरी उपमहानगरपालिकाको १५ औं नगरसभाको तेस्रो पटकको बैंठक ५ बजे सारिएको जानकारी पाएपछि इटहरी २० बाट नेपाली कांग्रेसका तर्फबाट विजयी वडा सदस्य तनुज गुरु ले जनप््तिनिधि भनेको सेवक भएको जनाउँदै नगरसभा इटहरीबासीको हकहितका लागि गरिने बताए । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आज(आइतबार) पनि नगरसभा नबसे त्यसपछिका दिनमा नगरमा आफु कालोझण्डा प्रर्दशन गर्ने उनले चेतावनी दिएका छन् ।
एमाले नगरअध्यक्षसँगको वार्तामा कुरा मिलेन
आगामी आर्थिक बर्षका लागि नगरसभामा पेश गरिएको इटहरी सरकारको बजेट पास गर्ने बिषयमा आइतबार राखिएको नगरसभा पनि स्थगीत भएपछि इटहरीका मेयर हेमकर्ण पौडेलले बहुमत सदस्य रहेको पार्टी नेकपा एमालेको इटहरी नगर कमिटिको नेतृत्वसँग वान टु वान वार्ता गरेका छन् । सो वार्तामा नेकपा एमालेका नगरअध्यक्ष रुपेश बस्नेतले पार्टीका तर्फबाट राखिएको अडान कायमै राखेका थिए । बजेट घटाउन नगर अध्यक्ष बस्नेतले मेयर पौडेललाई भनेपनि नमाने पछि कुरा मिल्न नसकेको हो । आउँने बर्षबाट कार्यपालिका बैंठकबाट पास गरेपछि मात्र बजेट खर्च गर्ने लगायतका एमालेले उठाएको नीतिगत केही मागलाई सम्बोधन गर्ने तर्फ मेयरले सकरात्मक भएको बुझिएको छ । तर, बजेटको आकार घटाउने बिषयमा मेयर पौडेल टसमस नभएको स्रोतले बतायो । बजेट पास र एमालेले राखेको ्मागका बिषयमा भोली नगरसभाको बैंठक बस्नुअघि पुनः वार्ता हुने भएको छ ।
एमालेको मुख्य माग नै नगरसभामा पेश गरिएको बजेट हावातालमा बढाएर ल्याइएकाले त्यसको आकार यर्थाथमा रहेर घटाउनु पर्ने अडान राख्दै आएको छ । आम्दानीका श्रोतहरु निश्चित नभई बजेटको आकार बढाउन नहुने एमालेको माग छ ।
इटहरीबासीहरुको हितका लागि एमालेले माग गरेका बजेटको आकार घटाउने लगायतका बुँदाहरु पुरा गर्न मेयर पौडेल तयार भए बजेट पास हुने नभए नहुने पार्टी स्पष्ट धारण कायमै रहेको नेकपा एमालेका इटहरी नगरअध्यक्ष रुपेश बस्नेतले बताए । असार ३१ गते भित्रमा बजेट पास नै नुहँदा पहाड नखस्नै उनले बताए । उनले मेयर अझै पनि पेलेर अगाडि बढ्ने पक्षमा हो भने एमाले कानूनी उृपचारका लागि अदालतसम्म वाने तयारीमा पनि रहेको बस्नेतले जानकारी दिए ।