भोजपुरः भोजपुर नगरपालिका–६ को पिखुवा खोलामा भीरबाट लडेर एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । टेम्केमैयुङ गाउँपालिका वडा नम्बर–६ कोटका रोहिन्द्र श्रेष्ठको लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी केशवकुमार थेबेले बताए ।

भोजपुर सदरमुकामबाट घर फर्कने क्रममा इष्टर्न हाइड्रोपावर नजिकै रोहिन्द्र श्रेष्ठ र चन्द्रबहादुर श्रेष्ठ भीरबाट करिब ३० मिटर तल खसेका थिए । टाउकोमा गहिरो चोट लागेका रोहितको उपचारका क्रममा बुधबार राती जिल्ला अस्पतालमा ज्यान गएको डिएसपी थेबेले बताए ।