इटहरीः पार्टीको अडान हुँदा हुँदै केन्द्रीय कमिटीका केही नेताहरूको गलत भूमिकाका कारण असार ३१ गते इटहरी सरकारले पास गरेको बजेट र पास गर्न बहुमत पुर्‍याउने एमालेका जनप्रतिनिधिहरूमाथि छानबिन गर्न अधिकार सम्पन्न  समिति निर्माण भएको छ । 

नेकपा एमाले इटहरी उपमहानगरपालिकाका सचिव मदन कार्कीको संयोजकत्वमा ५ सदस्य टिओआर सहितको अधिकार सम्पन्न छानबिन समिति गठन गरिएको हो । समितिमा लोचन पौडेल, अनिता निरौला, दलबहादुर समाल मगर लगायत छन् । समितिमा एक जना कानुन व्यवसायीलाई पनि समावेश गरिने छ । 

समितिको म्याद नतोकिएपनि सर्कुलर पठाउँदा १५ दिनको समय सीमा दिइने पार्टी स्रोतले जनाएको छ ।

6f8cc5a9-3858-49d4-8a59-33de136c137c

बुधवार बसेको नेकपा एमाले इटहरी उपमहानगर कमिटीको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो । पार्टीको नगर कार्यालयमा बसेको पूर्ण बैठकको सुरुमा उपमेयर सङ्गीता चौधरी र पार्टी नगर अध्यक्ष रुपेश बस्नेतले असार १० गते नगर सभामा इटहरी सरकारले विधि र प्रक्रिया मिचेर प्रस्तुत गरेको बजेट पास नगर्ने विषयमा पार्टीको नगर कमिटीले लिइएको अडानका बिच केन्द्रीय कमिटीका केही नेताहरूको अनावश्यक दबाबमा पास गर्नका लागि असार ३१ गतेको नगर सभामा सहभागी भएका आफ्ना जनप्रतिनिधिहरूको भूमिकाका विषयमा स्पष्ट पारेका थिए । 

पूर्ण बैठकको कार्यसूचीमा नरहे पनि सहभागी सिङ्गो हलले बजेट पास गने विषयमा पार्टीको केन्द्रीय कमिटीले गरेको हस्तक्षेपका विरुद्ध खेद प्रस्ताव पनि पारित गरेको बुझिएको छ । 

बैठकले बजेट पास नगर्ने विषयमा पार्टीले सुरुवाती दिनहरूबाटै अडान लिनुको औचित्य पुष्टि सहितको प्रचार सामाग्री बनाएर इटहरीका २० वटै वडाका टोल टोलमा लैजाने  निर्णय पनि गरेको छ । त्यसैगरी  सामाजिक सञ्जाल र मिडिया मार्फत पनि सो विषयलाई प्रचार प्रसार गर्ने निर्णय पनि बैठकले गरेको छ । 

c69c4195-3c53-4bc3-869b-b8bf20127c6d

३१ असारमा इटहरी सरकारले राखेको नगर सभामा एमालेका तर्फबाट निर्वाचित उपमेयर सङ्गीता चौधरी, केही वडाध्यक्ष र सदस्यहरू सहभागी भएका थिएनन् । तर, केही वडाध्यक्ष सहित सदस्यहरूले केन्द्रका केही नेताहरूको पावर लगाएर बैठकमा सहभागिता जनाई बजेट बहुमतले पास गराएका थिए । ३१ असारबाटै बजेटको विषयलाई लिएर एमाले इटहरीमा दुई भागमा विभाजन भएको थियो । 

b4fbf441-b1ef-4019-a95b-134567b31054

पार्टी उच्च स्रोतका अनुसार बुधवार बैठक बस्नुअघि पार्टीको जायज अडान हुँदा हुँदै केन्द्रीय कमिटी र प्रदेश कमिटीका केही नेताहरूको अनावश्यक हस्तक्षेपमा विषयमा पार्टीकी केन्द्रीय कमिटी सदस्य भगवती चौधरी मार्फत शङ्कर पोख्रेललाई जानकारी गराइएको थियो ।