दुहबीः दुहबी– २ घर भई माउण्ट मनास्लु सेकेण्डरी स्कुल दुहबीमा कक्षा ६ मा पढ्ने १२ वर्षीय प्रेमकुमार चौधरी गत शुक्रबार दिउँसोदेखि बेपत्ता भएका छन् ।

बालक बेपत्ता भएपछि उनका आफन्तले इलाका प्रहरी कार्यालय दुहबीमा शुक्रबार नै उजुरी दिए पनि अहिलेसम्म फेला पार्न सकेको छैन । बालकका पिता रामकुमार चौधरीले बिहीबार दुहबीमा पत्रकार सम्मेलन गर्दै शुक्रबारदेखि हराएको आफ्नो छोरा खोजिदिन आग्रह गरेका छन् ।

शुक्रबार बिहान ६ बजे ट्युसन पढ्न भनी साइकलमा माउण्ट मनास्लु सेकेण्डरी स्कुल गएपछि नफर्किएको बताएका छन् । विद्यालयका प्रिन्सिपल शङ्कर थापाले भने शुक्रबार बालक स्कुल आएर घर फर्किएको बताएका छन् ।

balak prem kumar  (2)