इलामः डा गोविन्द केसीको समर्थनमा आज इलामका महिलाहरुले स्वतः स्फूर्त रुपमा र्याली निकालेका छन् । अाइ एम् वीथ केसी, डा केसीको माग पुरा गर ।, हाम्रो स्वास्थ्य हाम्रै हातमा, हामी डा. केसीको साथमा, डा. केसी एक्ला छैनाै, हामी तिम्रो साथ छौँ ।, मार्सी धानको भातसँग ऐन साट्न पाईदैन ।, माफियाको मिसन सिटामोलमा कमिसन । जस्ता नारा लेखिएका पम्प्लेट हातमा लिएर महिलाहरुले दिउँसो २ बजे र्याली निकालेका हुन् ।

डा. केसीले बुधबार साँझ ५ बजेदेखि इलामको फुलगाँछिमा रहेको पुरानो सहरी विकास तथा भवन डिभिजनको कार्यालय भएको भवनको भुँइतलामा सत्याग्रह शुरु गरेका छन् ।

स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै सत्याग्रह सुरु आएका डा. केसीले सत्याग्रहको समयमा पानी भने पिउने गरेको बताए । गत साउन १० मा चिकित्सा शिक्षा विधेयक संशोधनमा सहमति भएको थियो । उक्त विधेयक लामो समय सम्म पनि संसोधन नभएपछि १६औं पटक सत्याग्रहमा बसेका हुन् ।