दुहवीः सुनसरीको दुहवी ४ स्थित वुढी खोलाको पुलमा मोटरसाइकल अनियन्त्रीत भइ एकको मृत्यू भएको छ । दुहवीको जिवन ज्योती स्वास्थ्य सेवा प्रा.ली पोलिकिल्नीकमा उपचार सम्भव नभएपछि मोटरसाइकलमा सवार ३ जना भध्ये एकको मृत्यू भएको प्रहरीले पुष्टि गरेकाे छ ।
दुर्घटनामा मोरङ बुढीगंगा ३ बस्ने उमेश थन्दारको बिहीवार ४ बजे मृत्यू भएको हो । घाइते मोटरसाइकल चालक जोगेन्द्र चौधरीलाइ इलाका प्रहरी कार्यालय दुहवीले हिरासतमा लिइएको छ भने अर्का एकजना घाइते अजय चौधरीको जिवन ज्योतीमा उपचार भइरहेको छ ।
विराट नसिंङ होम विराटनगर लैजाने क्रममा बाटोमै मृत्यू भएको इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक रामनारायण माझीले जानकारी दिएका छन् ।