इटहरीः कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राई नेकपा एमालेको कोशी प्रदेशको ईन्चार्ज भएका छन् ।
बिहिबार बसेको नेकपा एमालेको चिवालय बैंठकले संस्थापक मुख्यमन्त्री राईलाई सो जिम्मेवारी दिइएको हो । राई यसअघि सुनसरी जिल्लाको ईन्चार्ज थिए ।
राईसँगै एमालेको सचिवालय बैंठकले अन्य प्रदेशमा पनि ईन्चार्ज तोकेको छ ।
एमालेका महासचिव शंकर पोखरेलका अनुसार बैंठकले मधेस प्रदेशमा लीलानाथ श्रेष्ठ ,बागमतीमा डा. राजन भट्टराई , गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा
पद्मा अर्याल , कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिम लेखराज भट्टलाई प्रदेश ईन्चार्जको जिम्मेवारी दिइएको छ ।
यसअघि कोशीमा रघुवीर महासेठ, मधेशमा योगेश भट्टराई, बागमतीमा गुरुप्रसाद बराल र गण्डकीमा गोकर्ण विष्ट इन्चार्ज थिए । बराल बढुवा भएर उपाध्यक्ष मनोनित भएकाले इन्चार्जको जिम्मेवारीबाट हटेका छन् ।